दशैं–तिहारमा कारमा १२ लाख र बाइकमा १ लाखसम्मको बम्पर छुट, कुन कम्पनीको कस्तो अफर ?
काठमाडौं – यसपालीको दशैँमा नयाँ सवारी साधन किन्ने सोचमा हुनुहुन्छ । यदि...
काठमाडौं–हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्जमा क्रेटा ईभी सार्वजनिक तथा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालगन्जस्थित बिक्रेता हिम ईन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा विशेष भेटघाट कार्यक्रम तथा नयाँ क्रेटा ईभी सार्वजनिक गरिएको हो । जहाँ क्रेटा ईभी सहित हुन्डाईका अन्य नयाँ मोडलहरू समेत प्रदर्शन गरिएको थियो । कार्यक्रम स्थलबाटै ४ वटा क्रेटा ईभी डेलिभरी तथा थप ४ युनिट क्रेटा ईभी बुकिङ भएको कम्पनीले जनाएको छ ।
नयाँ क्रेटा ईभीको आगमनसंगै विद्युतीय सवारीबारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउन कम्पनीले पछिल्लो समय आफ्नो ईभी इकोसिस्टमबारे जानकारी दिँदै आएको छ । नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । सोही अभियान अन्तर्गत असार ९ गते नेपालगञ्जमा कार्यक्रम आयोजा गरिएको हो ।
कम्पनीका अनुसार, धेरैलाई ईभी खरीद गर्दा स्पेयर पाट्र्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गर्दछ । देशमै क्रेटा पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आईसिई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले गाडी खरिद पछिको सेवामा कुनै दुबिधा नराख्न कम्पनीले आग्रह गरेको छ ।
साथै लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रि–ल्याक्स चार्जिङ्गको नेटवर्क विस्तार गर्दैछ । जसअन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँहरुमा डीसी र एसी गरी ६६ वटा यस्ता चार्जर उपलब्ध छन् । यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल र आईसिई कुनैपनि गाडी खरिद गर्दा सेवा, पाट्र्स र सपोर्टमा कुनै किसिमको कमी नहुन दाबी गरिएको छ ।
ग्राहकवर्गलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रुपमा स्थापित गरिसकेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...