ह्यारियर ईभीको ५ वटै भेरिएन्टको मूल्य सार्वजनिक, नेपालमा कति पर्ला ?

काठमाडौं– टाटा मोटर्सले हालै लन्च गरेको नयाँ बिद्युतिय एसयुभी ह्यारियर पाँच भेरिएन्टमा उपलब्ध हुने भएको छ । टाटा मोटर्सले यी पाँच वटै भेरिएन्टको मूल्य सार्बजनिक गरको छ । कम्पनिले यसअघि सुरुवाती मूल्य मात्रै सार्बजनिक गरेको थियो । जसअनुसार यसको सुरुवाती मूल्य २१ लाख ४९ हजार भारु तोकिएको थियो ।

टाटा मोटर्सका अनुसार, ह्यारियर ईभी एड्भेन्चर ६५, एड्भेन्चर ६५एस, फेयरलेस प्लस ६५, फेयरलेस प्लस ७५ र एम्पावर्ड ७५ गरी कुल ५ भेरिएन्टमा उपलब्ध हुनेछ । जसको मूल्य क्रमशः २१ लाख ४९ हजार, २१ लाख ९९ हजार, २३ लाख ९९ हजार, २४ लाख ९९ हजार र २७ लाख ९९ हजार भारु निर्धारण गरिएको छ ।

ह्यारियर नेपाली बजारका लागि समेत प्रतिक्षा गरिएको बिद्युतिय एसयुभी हो । यो एसयुभी भारतमा बिक्री सुरु भएपछि लगत्तै नेपाल आउने अपेक्षा गरिएको छ । नेपाली बजारमा यसको सुरुवाती मूल्य ६५ लाख हाराहारीबाट सुरु हुने अनुमान गर्न सकिन्छ । टप भेरिएन्टलाई भने १ करोड हाराहारी पर्ने देखिन्छ ।

यस्तो छ विशेषता
ह्यारियर ईभीमा ७५ किलोवाट र ६५ किलोवाट दुई ब्याट्री प्याक विकल्प उपलब्ध छ । ७५ किलोवाट ब्याट्री भएको टप मोडलमा ड्युअल मोटर सेटअप छ, जसले ५०४ एनएम टर्क उत्पादन गर्छ । यसको अगाडिबाट १५५ बीएचपी र पछाडिबाट २३५ बीएचपी पावर उत्पादन गर्छ । यसले ० देखि १०० किलोमिटर प्रतिघन्टा गति ६.३ सेकेन्डमा हासिल गर्न सक्छ ।

७५ किलोवाटको ब्याट्रीले १५ मिनेटको फास्ट चार्जिङमा करिब २५० किलोमिटरको रेन्ज दिन सक्छ। ह्यारियर ईभीमा कुल ६ ड्राइभ मोड समावेश छ । यसको अफ–रोड असिस्ट फिचरमा लो स्पिड क्रुज कन्ट्रोल समावेश छ जसले ५ किलोमिटर प्रतिघण्टाको गति कायम राख्छ।

ह्यारियर ईभी आफ्नो सेगमेन्टमा पहिलो एसयूभी हो जसमा ५४० डिग्री क्यामेरा सुविधा प्रदान गरिएको छ । साथै यसमा ब्लाइन्ड स्पट भ्यु मनिटर, रियरभ्यु मिरर क्यामेरा र बिल्ट–इन ड्यासक्यामजस्ता फिचरले एसयूभीलाई अझ सुरक्षा प्रदान गर्छ ।

सेफ्टीका लागि ह्यारियर ईभीमा ६ वटा एयरब्यागसँगै एक घुँडाको एयरब्याग गरी सात एयरब्याग उपलब्ध छ । यसमा २० भन्दा बढी एड्भान्स एडास फिचर, ईएसपीको साथमा आई–भीबीएसी, एसओएस कल, हिल डिसेन्ट कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ र अटोमेटिक हेडल्याम्प समावेश छ ।

सम्बन्धित समाचारहरू

टाटा पन्चले रच्यो नयाँ इतिहास, ४ वर्षमा ६ लाख युनिट उत्पादनको कीर्तिमान

टाटा पन्चले रच्यो नयाँ इतिहास, ४ वर्षमा ६ लाख युनिट उत्पादनको कीर्तिमान

टाटा मोटर्सले सन् २०२१ मा ल्याएको माइक्रो एसयूभी टाटा पन्चले छोटो समयमै...

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो...

टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव सुरु, २० प्रतिशत डाउन पेमेन्टमै गाडी लिन सकिने

टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव सुरु, २० प्रतिशत डाउन पेमेन्टमै गाडी लिन सकिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...