विद्युतीय भ्यान सम्बन्धी भ्रामक प्रचार कि बिग्रदो हाइवे र चालक सचेतनाको कमी ?

हाल नेपालमा विद्युतीय भ्यानको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । आर्थिक, वातावरणीय र रोजगारीका क्षेत्रमा यस्ता भ्यानहरूले उल्लेखनीय सकारात्मक प्रभाव पारिरहेका छन् । तर पछिल्ला केही समय यता, सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरू मार्फत विद्युतीय भ्यान असुरक्षित छ भन्ने भ्रामक प्रचार भइरहेको देखिएको छ । यस प्रकारका गतिविधिहरूले विद्युतीय सवारीसाधनप्रति ग्राहकहरूमा अनावश्यक डर र शंका उत्पन्न गराइरहेका छन् ।

सामाजिक सञ्जाल पेजहरूमा ईभी भ्यानहरू दुर्घटनाग्रस्त भएको तस्बिरहरू प्रयोग गरेर त्यसलाई ईभीको दोष भनी प्रचार गर्ने गरेको समेत पाइन्छ । कुनै तथ्यमा आधारित नभएका दुर्घटनाका तस्बिरहरूलाई अतिरञ्जित व्याख्यासहित प्रचार गरेर उपभोक्ताहरूलाई भ्रममा पार्ने प्रयासहरू भइरहेको समेत देखिन्छ ।

कुन कम्पनीको गाडी हो भन्ने पहिचान नहोस भनेर यस्ता तस्बिरहरूमा गाडीको लोगो समेत देखाएको पाइदैन । कतिपय घटनामा त यी तस्बिरहरू डिजेल गाडीको भएको प्रमाण भेटिएको छ तर ईभी भनी प्रचार गरिएको छ ।

मुख्य समस्याः बिग्रँदो हाइवे , चालक सचेतना तथा टाइम कार्ड प्रणालीको अभाव
वास्तवमा, पछिल्ला अधिकांश दुर्घटनाको जड साँघुरा हाईवे, खाल्डाखुल्डी युक्त कमजोर संरचनाका बाटाहरू, अनियन्त्रित गतिमा सवारी चलाउने र चालकमा आधारभूत सुरक्षाप्रति सचेतनाको कमी हो । दुर्घटनाका प्रमुख कारणहरूमा लापरवाही, ओभरटेक गर्ने बानी, ट्राफिक नियमको पालना नगर्नु आदि समस्य देखिएको छ ।

दुर्घटनामा प्रयोग भएका धेरै ईभी भ्यानहरू निर्माणमै सुरक्षामा ध्यान दिइएको हुन्छ र रिजेनेरिटिभ ब्रेकिङ सिस्टम जडित हुन्छ । त्यसैले निर्माण दोष कम र मानवीय लापरवाही तथा सडक अवस्थाले दुर्घटना निम्त्याउने सम्भावना बढी रहेको देखिन्छ ।

साथै, पहाडी क्षेत्रका धेरैजसो स्थानमा टाइम कार्ड लागू भएको पाइए पनि नेपालको राजमार्गहरूमा गति नियन्त्रण गर्न तथा सवारी दुर्घटना घटाउन टाइम कार्ड लागू गरिएको पाइिएको छैन, जुन अत्यन्तै आवश्यक देखिन्छ । ईभीको सुरक्षालाई लिएर अनावश्यक भ्रम फैलाउने भन्दा पनि प्रमाणमा आधारित रिपोर्ट र अधिकारिक विश्लेषणलाई प्राथमिकता दिनु आवश्यक छ ।

यस विषयमा आफ्नो विचार व्यक्त गर्दै एक ईभी भ्यान आयात गर्ने कम्पनीका प्रतिनिधिले भने, ‘हाम्रो कम्पनीले चीनका सुरक्षित ईभी ब्रान्डहरू नेपालमा भित्र्याउँदै आएको छ, जसमा ग्राहक सुरक्षालाई सर्वाधिक प्राथमिकता दिइएको छ । ओभर स्पिड नगर्न, हाईवेमा बाटोको अवस्था हेरी सावधानीपूर्वक गाडी चालाउन, सुरक्षाका सबै उपायहरूको पालना गर्न, नियमित मर्मत तथा चेकअपमा ध्यान दिन हामी सम्पूर्ण चालकलाई अनुरोध गर्दछौ ।’

ती प्रतिनिधिका अनुसार, नेपालको वातावरण सुधार र स्वरोजगार वृद्धिमा ईभी भ्यानले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ‘यस्तो अवस्थामा झूठो प्रचारले ईभी भ्यान बिक्रेता र प्रयोगकर्ताहरूलाई निरुत्साहित गर्न खोजिएको प्रष्ट हुन्छ । सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, चालक सचेतना अभिवृद्धि, र सरकारी स्तरमा सडक संरचना सुधार गर्नु अहिलेको आवश्यकता हो’ उनले भने ।

सम्बन्धित समाचारहरू

चिनीयाँ सस्ता ईभीले अमेरिकाको तनाव बढ्दो, प्रतिस्पर्धा गर्न छैन ठोस रणनिती

चिनीयाँ सस्ता ईभीले अमेरिकाको तनाव बढ्दो, प्रतिस्पर्धा गर्न छैन ठोस रणनिती

चीनले सस्तो मूल्यमै नयाँ प्रविधी र अत्याधुनिक विशेषतायुक्त ईभी उत्पादन...

सोचे जस्तो वातावरणमैत्री छैनन् इलेक्ट्रिक कार : यस्ता छन् विभिन्न अध्ययनको निष्कर्ष

सोचे जस्तो वातावरणमैत्री छैनन् इलेक्ट्रिक कार : यस्ता छन् विभिन्न अध्ययनको निष्कर्ष

इलेक्ट्रिक कारको चर्चा चुलिदो छ । वातावरणमैत्री सवारी साधनको रुपमा...

वाडा अटो शोमा एलईभी ०१ ईभीका दुई भेरिएन्ट शोकेस गरिदैँ

वाडा अटो शोमा एलईभी ०१ ईभीका दुई भेरिएन्ट शोकेस गरिदैँ

काठमाडौं – एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...