नाइमा नेपाल मोबिलिटी एक्सपोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर उपलब्ध हुने
काठमाडौं – टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले आगामी...
टोयोटाले आफ्नो चर्चित एसयूभी ल्यान्डक्रुजर ३०० लाई हाइब्रिड पावरट्रेनमा उतारेको छ । सो एसयूभीको हाईब्रिड भर्सन मध्य पूर्वका केही बजारहरूमा उपलब्ध हुने जनाइएको छ ।
एसयूभीमा ३.४ लिटर भी६ पेट्रोल इन्जिन र सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ । इलेक्ट्रिक मोटरलाई इन्जिन र एसयूभीको १० स्पिड अटोमेटिक गियरबक्सको विचमा माउन्ट गरिएको छ ।
एसयूभीको संयुक्त पावर ४५० वीएचपी तथा टर्क ७९० एनएम रहेको छ । टोयोटाको यहि पावरट्रेन अन्य फुल साइज एसयूभी र लेक्ससमा समेत उपलब्ध गराइएको छ ।
एसयूभीमा हाइब्रिड भर्सनलाई दर्साउने युनिक ब्याजिङ, १२.३इन्चको इन्फोटेनमेन्ट स्क्रिन र बुट एरियामाा १,५०० वाट क्षमताको पावर आउटलेट राखिएको छ ।
ल्याण्डक्रुजर हाइब्रिडको मूल्य संयुक्त अरब इमिरेट्समा ३ लाख ८९ हजार ९०० दिरामा निर्धारण गरिएको छ । टोयोटाले यस एसयूभीलाई २०२६ को मध्यतिर अष्ट्रेलियामा पनि बिक्री थाल्ने तयारी गरेको छ ।
काठमाडौं – टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले आगामी...
भारतको छत्तीसगढ स्टेट कन्ज्युमर कमिशनले टोयोटा किर्लोस्कर मोटर...
टोयोटाले विहिवार भारतमा नयाँ एमपीभी रुमीअन सार्वजनिक गरेको छ । मारुती...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...