ग्राहकको विश्वास जितेर सडकमा आफ्नो उपस्थिती मजवुत वनाउँदै ब्रम्बी ईभी

काठमाडौं – नेपाली बजारमा पछिल्लो समय नयाँनयाँ ब्रान्डका ईभी भित्रिरहेका छन् । यसरी आएका ईभीमध्ये केही ब्रान्डले मात्रै ग्राहकको विश्वास जित्न सफल भएका छन् । ग्राहकको विश्वास जित्दै सडकमा आफ्नो उपस्थिती थप मजवुत वनाइरहेको ब्रान्डका रुपमा बीएडब्लु ब्रम्बीलाई समेत लिन सकिन्छ ।

गत वर्ष आयोजना भएको नाडा अटो शोमार्फत नेपाली बजारमा औपचारिक प्रवेश गरेको ब्रम्बी मुलतः इन्ट्रि लेभल ईभी पारखी लक्षित कम्प्याक्ट ह्याचब्याक कार हो । सम्भवतः यो सेग्मेन्टमै सबैभन्दा कम मूल्यमा विक्रि हुँदै आएको यसको मूल्य २२ लाख ९० हजार रुपैयाँ पर्छ ।

बीएडब्लुको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले हाल उक्त मूल्यमा ३ लाख रुपैयाँ छुट दिएर जम्मा १९ लाख ९९ हजारमा यसलाई बिक्री गर्दै आएको छ । यो मूल्य सिमित अवधिका लागिमात्र लागु हुने भन्दै कम्पनिले जतिसक्दो छिटो ब्रम्बी ईभी खरिद गर्न ग्राहकमाझ आह्वान गरिरहेको छ ।

सडकमा वढ्दो उपस्थिती
गत वर्षको नाडा अटो शोमा तीन दर्जन बढि बुकिङ पाएको ब्रम्बी ईभी हात पार्न ग्राहकले लामै समय कुर्नु प¥यो । समयमै गाडि ल्याउन नसक्दा केही ग्राहक गुमाउनु परेको कम्पनीका महाप्रबन्धक अनिल पोखरेलले वताए । ‘नाडा अटो शोमा बुकिङ लिएका ग्राहकलाई समयमै गाडी दिन नसक्दा हामीले केही ग्राहक मिस गर्यौ । तर पछिल्लो २÷३ महिनायता आयत नियमित भैरहेको छ । नेपाल आएका ५० भन्दा बढि कारमध्ये अधिकांश युनिट बिक्री भैसकेको छ भने माग बढ्दो क्रममै छ’ उनले भने ।

नेपालमा यो कार विशेषगरी, वैंक तथा वित्तिय संस्थामा काम गर्ने कर्मचारी, डाक्टर, इन्जिनियर र विश्वविद्यालयका प्रोफेसर एबं लेक्चरर हरुमाझ लोकप्रिय बनिरहेको छ । यसैगरी, घरमा पहिले नै एउटा ठूलो गाडी भएकाहरुले सेकेन्ड कारका रुपमा प्रयोग गर्न समेत यसलाई रुचाएका छन् । ‘इन्ट्रि लेभल कारमार्फत आफ्नो ड्राइभिङ यात्रा सुरु गर्न चाहने ग्राहकले ब्रम्बी ईभी रुचाउने गरेको पोखरेलले बताए ।

यस्तो छ रेन्ज र फिचर
बीएडब्लु ब्रम्बी सिटी कार हो । ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको यो सिटी कारले सिंगल चार्जमा २०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर१३ साइजको टायर जडान गरिएको छ ।

सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । सुरक्षा अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।

यसमा इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध छन् । क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ ।

सम्बन्धित समाचारहरू

ब्रान्ड न्यू डिजाइनमा आयो हुन्डाई कोना, फिचरमा पनि व्यापक परिमार्जन

ब्रान्ड न्यू डिजाइनमा आयो हुन्डाई कोना, फिचरमा पनि व्यापक परिमार्जन

हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय इभी कोनाको नयाँ जेनेरशेन सार्वजनिक गरेको...

४८ घन्टामै ३१ हजार बढी अर्डर भयो लिपमोटर बी१०, नेपाल ल्याउन सांग्रिला मोटर्स उत्साहित

४८ घन्टामै ३१ हजार बढी अर्डर भयो लिपमोटर बी१०, नेपाल ल्याउन सांग्रिला मोटर्स उत्साहित

काठमाडौं– लिपमोटरले चीनमा हालै लन्च गरेको नयाँ बिद्युतिय एसयूभी बी१०...

फुल चार्जमा १८७ किलोमिटर रेन्ज दिने इलेक्ट्रिक बाइक लन्च

फुल चार्जमा १८७ किलोमिटर रेन्ज दिने इलेक्ट्रिक बाइक लन्च

इलेक्ट्रिक टु-व्हिलर स्टार्ट-अप ओबेन इलेक्ट्रिकले हालै आफ्नो रोर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...