नेपालमा एमजी विन्ड्सरको दुई भेरिएन्टमात्रै उपलब्ध हुने, मूल्य कति ?

एमजीको वहुप्रतिक्षित बिद्युतिय कार विन्डसर नेपाल आएको छ । नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले विन्डसर नेपाल ल्याएको हो । बजेट लगत्तै यसको बिक्री थालिने कम्पनीले जनाएको छ ।

भारतिय बजारमा विन्डसर एक्साइट, एक्सक्लुसिभ र इसेन्स गरी कुल तीन भेरिएन्ट उपलब्ध भएपनि पारामाउन्ट मोटर्सले भने यसको दुईवटा भेर्रिन्टमात्रै नेपाल ल्याएको हो । एमजी मोटर इण्डियाले हालै यसको ठूलो ब्याट्री प्याक भर्सन समेत सार्बजनिक गरेको छ ।

भन्सार प्रयोजनको लागि कम्पनलिले हालै प्रकाशन गरेको मूल्य सुचीअनुसार विन्डसर एक्सक्लूसिभको मूल्य ३९ लाख ४९ हजार र इसेन्स भेरिएन्टको ४२ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

एमजी विन्डसरमा ३८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री भएको स्टेबल म्याग्नेटिक सिंक्रोनस मोटर जडान गरिएको छ । सो मोटरले अधिकतम १३६ पीएस पावर र २०० एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । फुल चार्जमा यसले ३३२ किलोमिटर रेन्ज दिने दाबि गरिएको छ । सो कारमा इको, इको प्लस, नर्मल र स्पोर्ट गरी चार ड्राइभिङ मोड रहेको छ ।

एमजी विन्डसरमा एलईडी लाइट, फ्लस डोर ह्यान्डल, १८ इन्चको अलोय ह्विल, एरो–लाउन्ज सिट, फ्रन्ट भेन्टिलेटेड सिट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पीएम २.५ फिल्टर, पावर्ड टेलगेट र प्यानोरामिक सनरुफ जस्ता फिचर रहेको छ । कारमा कनेक्टिभिटीको लागि डिजिटल ब्लुटुथ पनि रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...