इलेक्ट्रिक अवतारमा आउँदै टाटा ह्यारियर, ५०० किलोमिटरको रेन्ज दिने दाबी

टाटाले जुन ३ मा टाटा ह्यारियरको इलेक्ट्रिक अवतार लन्च गर्ने तयारी गरिरहेको छ। ह्यारियर ईभीलाई इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा प्रदर्शन गरिएको थियो। सो ईभी एक्टिभ ईभी प्लस आर्किटेक्चरमा आधारित छ ।

ह्यारियर ईभीले लगभग ५०० किलोमिटरको रेन्ज प्रदान गर्छ । यसमा क्युडब्ल्युडी, ड्युअल-मोटर सेटअप र प्रिमियम फिचर रहेको छ । ह्यारियर ईभीले महिन्द्रा एक्सईभी ९ई मोडलसँग प्रतिस्पर्धा गर्नेछ।

टाटा ह्यारियर ईभीमा डीआरएल र हेडल्याम्प आईसीई भेरिएन्टसँग मिल्दोजुल्दो भए पनि ईभीमा नयाँ ग्रिल र बम्परले यसलाई छुट्टै पहिचान दिएको छ । यसमा एलईडी डेटाइम रनिङ लाइट स्ट्रिप र विशिष्ट शैलीको टर्बाइन ब्लेड अलोय ह्विल पनि रहेको छ । सो एसयूभी ल्यान्ड रोभर र जागुआरको सहकार्यमा विकसित गरिएको हो ।

ह्यारियर ईभीमा ड्युअल-मोटर सेटअप छ जसले क्वाड-ह्विल-ड्राइभ प्रदान गर्दछ र ५०० एनएमको पीक टर्क उत्पादन गर्छ। सो एसयूभीले एक पटक चार्ज गर्दा लगभग ५०० किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्छ ।

टाटा ह्यारियर ईभी लन्च पछि टियागो ईभी, टिगोर ईभी, पन्च ईभी, नेक्सन ईभी र कर्भ ईभी टाटाको बढ्दो ईभी लाइनअपमा सामेल हुनेछ ।

सम्बन्धित समाचारहरू

हुन्डाई क्रेटा र टाटा कर्भ ईभीको मूल्य, फिचर र रेन्जमा के फरक छ, जान्नुहोस्

हुन्डाई क्रेटा र टाटा कर्भ ईभीको मूल्य, फिचर र रेन्जमा के फरक छ, जान्नुहोस्

हालै हुन्डाईले अटो एक्सपो २०२५ मा आफ्नो लोकप्रिय क्रेटा एसयूभीको...

टाटाकाे भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग ‘टियागो ईभी र पन्च ईभी’ साट्न सकिने

टाटाकाे भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग ‘टियागो ईभी र पन्च ईभी’ साट्न सकिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी...

बजारमा पिकअपको चरम अभाव, चल्तीका यी पिकअप हात पार्न २ महिनासम्म कुर्नुपर्ने

बजारमा पिकअपको चरम अभाव, चल्तीका यी पिकअप हात पार्न २ महिनासम्म कुर्नुपर्ने

काठमाडौं – सेमी कन्डक्टरको विश्वव्यापी अभावका कारण अहिले अधिकांश...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...