भारतमा वार्षिक ८० लाख बाइक उत्पादन गर्ने होन्डाको योजना
काठमाडौं–होन्डाले भारतलाई आफ्ना दुई पाङ्ग्रे सवारी साधनको प्रमुख...
काठमाडौं – नेपालका लागि होन्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डा गाडीलाई लक्ष्यित गरी फ्रि सर्भिस क्याम्प र होन्डा एलिभेट कारको टेस्ट ड्राइभ सम्पन्न गरेको छ ।
विराटनगर, धरान, इटहरी, दमक, इटहरी आदि सहरका ग्राहकलाई मध्यनजर गरी सञ्चालन गरिएको सो ३ दिने कार्यक्रम विराटनगरस्थित होन्डाको आधिकारिक सर्भिस सेन्टर सुबोध अटो सर्भिस सेन्टरमा सम्पन्न भएको थियो ।
सो अवसरमा कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्ट्समा ७ प्रतिशत र ल्युबमा ५ प्रतिशत छुट प्रदान गरेको थियो । यसका साथै एचडीएस स्क्यान गरिएको थियो भने सन् २००१ देखि २०१४ सम्मका मोडलका तोकिएका गाडीहरुमा होन्डा सेफ्टी रिकल अन्तर्गत एयरब्याग निःशुल्क परिवर्तन गरिएको थियो ।
भविष्यमा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई यस्तै प्रकारका सेवा प्रदान गर्ने होन्डा कारका अपरेसन म्यानेजर बिदिश पोखरेलले जानकारी दिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...