टाटा मोटर्सले स्टेलान्टिससँग साझेदारी गरी जीप र सिट्रोनका नयाँ गाडी उत्पादन गर्ने
टाटा मोटर्सले स्टेलान्टिससँगको दुई दशकभन्दा लामो साझेदारीलाई थप विस्तार...
काठमाडौं–टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्रि बजेट एक्सचेन्ज फेस्ट आयोजना गर्ने भएको छ । जेठ १ अर्थात भोलिदेखी सुरु हुने सो मेला ४ दिनसम्म चल्नेछ ।
बजेट मार्फत ईभीको कर बृद्धि हुने चर्चा चलिरहेको समयमा कम्पनीले विभिन्न अफर राखेर मेला आयोजना गर्न लागेको हो । मेलामा ग्राहकले आँफूसंग भएको जुनसुकै ब्रान्डको पुरानो गाडी दिएर टाटाको ब्रान्ड न्यू ईभी एक्सचेन्ज गर्न सक्नेछन् ।
यसरी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज वोनस र लाइफटाइम निःशुल्क चार्जिङ सुबिधा पाइनेछ । यस्तै निःशुल्क जडानसहित चार्जिङ वक्स र एसेसोरिजसमेत प्रदान गरिने कम्पनीको भनाई छ ।
मेलामा टाटा ईभी किन्ने चाहनले २० प्रतिशत डाउनपेमेन्ट सुबिधा समेत पाउनेछन् । टाटा टियागो, कर्भ, पन्च र नेक्सन के३ ईभीमा यो अफर लागनु हुने जनाइएको छ ।मेला जेठ ४ गतेसम्म सञ्चालन हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...