राइट ह्यान्ड ड्राइभमा पनि आयो जिकर, नेपाल आउने संभावना बलियो
काठमाडौं– जिली मातहतको ईभी ब्राण्ड जिकर राइट ह्यान्ड ड्राइभमा समेत आएको छ...
काठमाडाैं - नेपालमा रिडाराकाे आधिकारिक वितरक सीजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा ‘इभोल्भ टु रिडारा एक्सचेन्ज’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर शक्तिशाली र बहुप्रशंसित ईभी पिकअप रिडारा आरडी६ केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्नेछन्।
यो योजनाले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने कम्पनीको विश्वास छ।
गिली अटो ग्रुपको विश्वस्तरीय प्रविधि र सीजी मोटर्सको दिगोपनप्रतिको प्रतिबद्धता समेटिएको रिडारा दक्षता र व्यवहारिकताको आदर्श संयोजन हो। ४२४ किलोमिटरको उत्कृष्ट रेन्ज र ७३ किलोवाट आवरको शक्तिशाली ब्याट्री क्षमतासहित यो पिकअप आफ्नो सेग्मेन्टमा अब्बल स्थानमा रहेको छ।
नेपालको बहुआयामिक भूगोललाई सहजै पार गर्न सक्षम बनाउँदै रिडारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता ७ वटा सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका ड्राइभिङ मोडहरू छन्। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेराले सुरक्षालाई अझ बलियो बनाउँदै पूर्ण दृश्य प्रदान गर्दछ, जसले चालकलाई विश्वस्त र सहज अनुभव दिलाउने कम्पनीले जनाएकाे छ।
यस योजनालाई अझ आकर्षक बनाउन, कम्पनीले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसरिज, एक वर्षको बीमा, निःशुल्क ७ किलोवाट चार्जर र एक वर्षको सडक कर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ, जसले ग्राहकको लगानीमा अधिकतम मूल्य प्रदान गर्दछ।
रिडाराले चीनमा नम्बर १ ईभी पिकअपको मान्यता प्राप्त गरिसकेको छ, भने यसको निर्माणकर्ता गिली अटो ग्रुप चीनका शीर्ष १० अटोमोबाइल कम्पनीहरूमध्ये एक हो। यसले रिडाराकाे विश्वसनीयता र गुणस्तरमा अन्तर्राष्ट्रिय स्तरमा विश्वास दिलाउँछ।
यो पहलमार्फत नेपालमा विद्युतीय सवारीको भविष्यलाई नयाँ उचाइमा पुर्याउँदै, आम नागरिकलाई वातावरणमैत्री, स्मार्ट र दीर्घकालीन समाधान अँगाल्न प्रेरित गरिरहेको सीजी मोटर्सले जनाएकाे छ।
काठमाडौं– जिली मातहतको ईभी ब्राण्ड जिकर राइट ह्यान्ड ड्राइभमा समेत आएको छ...
काठमाडौं– एलएस अटोको दुई नयाँ ईभी नेपाल आउने भएका छन् । एलएस अटोको नेपालका...
काठमाडौं– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...