स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
कारमा ठूला स्क्रिन, टच कन्ट्रोल, इलेक्ट्रोनिक ब्रेक लगायतका थुप्रै आधुनिक सुविधाहरू समावेश गरिएको हुन्छ। कारमा यस्ता केही सुविधाहरु छन्, जुन दैनिक जीवनमा कमै प्रयोगमा आउँछ । यी सुविधाले कारको मूल्य अनावश्यक रूपमा बढाएको हुन्छ । तर पनि हाल यी फिचर भने धेरैले खाेजी गर्ने र रूचाउने गरेकाे पाइन्छ ।
वायरलेस चार्जर : यो सुविधा सुन्दा अत्याधुनिक लाग्छ, तर यसको चार्जिङ गति प्रायः ढिलो हुन्छ। यसले फोनलाई पूर्ण रूपमा चार्ज गर्न लामो समय लाग्छ । साथै, सो सुविधा वायरलेस चार्जिङ सपोर्ट गर्ने स्मार्टफोनमै मात्र काम गर्छ, जुन सबै प्रयोगकर्तासँग उपलब्ध नहुन सक्छ।
टचस्क्रिन कन्ट्रोल : आजकालका कारमा एसी, संगीत र अन्य सेटिङका लागि ठुला टचस्क्रिन दिइन्छ । यी सुविधाहरू हेर्दा आकर्षक र आधुनिक देखिन्छ, तर प्रयोग गर्न भने सजिलो हुँदैन । भौतिक बटनमा हात आफैं पुग्छ, तर टचस्क्रिन चलाउँदा सिधै हेरेर अपरेट गर्नुपर्ने हुन्छ, जसले ड्राइभरको ध्यान बाटोबाट हटाउन सक्छ । यही कारण अहिले धेरै कार निर्माता कम्पनी भौतिक बटन प्रयोग गर्न थालेका छन्, किनकि ती सुरक्षित र सहज हुन्छन् ।
स्टार्ट स्टप सिस्टम : सो सिस्टमले इन्धन बचतको उद्देश्यले ट्राफिक सिग्नलमा इन्जिनलाई बन्द गर्छ र पुनः सुरु गर्छ। तर गर्मी मुलुकमा प्रायः चालक एसी प्रयोग गर्छन् । यस्तो अवस्थामा बारम्बार इन्जिन अन-अफ हुँदा इन्जिनमा थप भार पर्छ र एसीको चिसोपन पनि घट्छ। यस सिस्टमले माइलेजमा खासै प्रभाव पार्दैन।
स्वचालित बुट ओपनर : सेन्सरमार्फत डिकी खोल्ने सुविधा विलासी लागे पनि यसको प्रक्रिया ढिलो हुन्छ। म्यानुअल बटनमार्फत ट्रंक खोल्दा छिटो र सजिलो हुन्छ, विशेष गरी हतारमा सामान राख्नु परेमा।
इलेक्ट्रिक सिट एडजस्टमेन्ट : सुरुमा सो सुविधा निकै सहज लाग्छ, तर म्यानुअल लिभरभन्दा यसको गति ढिलो हुन्छ। साथै, लामो समयसम्म प्रयोग गर्दा यसमा समस्या आउन सक्छ र त्यसको मर्मत खर्च पनि महँगो पर्न सक्छ।
कार किन्दा यी सुविधाको वास्तविक आवश्यकता र उपयोगिता विचार गर्नु महत्त्वपूर्ण हुन्छ। आकर्षक देखिने यी सुविधाले धेरै पटक अनावश्यक खर्च मात्र बढाउँछ, जुन दैनिक प्रयोगमा खासै उपयोगी नहुन सक्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...