सिम्पलले ल्यायो ४०० किलोमिटर रेन्ज दिने स्कुटर, यस्तो छ मूल्य र विशेषता
सिम्पल इनर्जीले सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक...
अप्रिल महिनामा बीवाईडीले जर्मनीमा १ हजार ५६६ युनिट गाडी बिक्री गरेको छ । यो गत वर्षको यही महिना बिक्री भएको गाडीको तुलनामा ७५६ प्रतिशत बढी हो । टेस्लाले भने यो महिनामा ८५५ गाडी मात्र बिक्री गरेको छ, जुन गत वर्षको यही महिनाको तुलनामा ४६ प्रतिशत कम हो ।
त्यसैगरी बीवाईडी सिलायन ७ अष्ट्रेलियाको बेस्ट–सेलिङ ईभी बनेको छ । सन् २०२२ मा पहिलो पटक अष्ट्रेलिया प्रवेश गरे पश्चात बीवाईडीले पहिलो पटक यो टाइटल हात पारेको हो ।
गत अप्रिल महिनामा बीवाईडी सिलायन ७ ईभी ७४३ युनिट बिक्री भए भने टेस्ला मोडल वाई २८० र मोडल ३ चाहिं २२० युनिट बिक्री भएका थिए । यससँगै टेस्ला मोडल वाईको पाँच महिना पश्चात पहिलो पटक यो उपाधि खोसिएको छ ।
अष्ट्रेलियामा टेस्लाको हालत खस्किदै जादा किया ईभी५ र जिली ईएक्स५ ले समेत टेस्ला मोडल वाईलाई पछि पारेका छन् । यी दुई मोडलको बिक्री क्रमशः ३४२ र ३२४ युनिट भएको छ । टेस्लाको अष्ट्रेलियामा बिक्री यो महिनामा ७६ प्रतिशतले घटेको छ ।
बीवाईडीका कारको बिक्री अन्तर्राष्ट्रिय रुपमा समेत बढ्दै गएको छ । यो वर्ष करिव ८ लाख कार अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने लक्ष्य लिएको बीवाईडीले अप्रिल सम्म २ लाख ८५ हजार युनिट कार अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिसकेको छ । यो गत वर्षको यही अवधिको तुलनामा दोब्बर भन्दा बढी हो । अप्रिलमा बीवाईडीले ७९ हजार कार बिक्री गरेको छ ।
विश्व बजारमा हाल टेस्लाको व्यापार खस्किने क्रम जारी छ । खासगरी टेस्लाका मालिक एलोन मस्कले अमेरिकी राष्ट्रपति ट्रम्पको नीतिलाई समर्थन गरे पश्चात यो नतिजा आइरहेको बताइएको छ ।
सिम्पल इनर्जीले सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक...
विर्तामोड – डोङफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स...
काठमाडाैं – राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...