नागढुंगा सुरुङमार्ग प्रवेश गर्दा गाडीले ५० देखि ५०० रुपैयाँ सम्म तिर्नुपर्ने, मोटरसाइकललाई ‘नो इन्ट्री’

काठमाडौं – देशको राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने नागढुंगा सुरुङमार्ग तयारीको अन्तिम अवस्थामा छ । आगामी दसैं सम्ममा गाडी चलाउन मिल्ने गरी यसको निर्माण कार्य भइरहेको छ ।

यससँगै सुरुङमार्ग प्रवेश गर्दा सवारी साधनले समेत शुल्क बुझाउनु पर्ने भएको छ । सडक विभागले नागढुंगा सुरुङमार्गमा सवारी साधन गुडे बापत् ५० देखि पाँचसय रूपैयाँसम्म शुल्क उठाउन प्रस्ताव गरेको छ।

विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेको छ। उक्त मस्यौदा केही दिनमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट पास गर्ने तयारी भइरहेकाे छ ।

सुरुङमार्ग प्रवेश गर्नुअघि साना चारपांग्रे सवारीदेखि १२–१४ चक्केसम्मका ठूला सवारी साधनले शुल्क बुझाउनु पर्नेछ। मोटरसाइकल तथा डिजेल पेट्रोल बोकेका प्रज्वलनशील गाडी भने सुरुङ मार्गमा प्रवेश गर्न पाउने छैनन्। मोटरसाइकल प्रवेश गर्नुपर्‍यो भने गाडीमा राखेर ओहारोदोहारो गर्न सक्ने छन्। साना सवारीलाई प्रवेश गर्न ५० रूपैयाँ, बसलाई दुई सय रूपैयाँ र ठूलाठूला ट्रकलाई पाँच सय रूपैयाँसम्म उठाउन प्रस्ताव गरिएको छ। सुरुङमार्गबाट प्रवेश गरेर सोही मार्गबाट फर्कन चाहने सवारी साधनलाई भने फरक फरक शुल्क लाग्ने गरी गरी प्रस्ताव गरिएको छ।

नागढुंगा सुरुङ मार्ग आयोजनाका अनुसार सुरुङमार्ग निमार्णको पूरा काम करिब करिब सकिन लागेको छ। आगामी दसैंसम्ममा सुरुङमार्गबाट गाडी गुडाउने गरी विभागले तयारी अघि बढाएको छ।

२०७६ सालबाट निर्माण सुरु गरिएको सुरुङ मार्ग परियोजनाको म्याद अहिलेसम्म दुई पटक थप भइसकेको छ। सुरुङमार्गको निर्माण जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले गरिरहेको छ। जसमा १६ अर्ब रूपैयाँ जाइकाको सहुलियतपूर्ण ऋण छ भने मुआब्जालगायतमा नेपाल सरकारले थप नौ अर्ब खर्च गरेको छ।

सम्बन्धित समाचारहरू

साइकल जात्रा ‘कोरा २०२४’ आयोजना हुँदै, ४ हजार यात्रीले २ लाख किमी यात्रा तय गर्ने

साइकल जात्रा ‘कोरा २०२४’ आयोजना हुँदै, ४ हजार यात्रीले २ लाख किमी यात्रा तय गर्ने

काठमाडौं–नेपालकै ठुलो साइकल जात्रा ‘कोरा २०२४’ को १४ औं संस्करण आगामी...

सञ्चालनमा आयो स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड

सञ्चालनमा आयो स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड

काठमाडौं – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व...

दशैंमा नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिने

दशैंमा नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिने

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...