भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण
टु ह्विलरको सवैभन्दा ठूलो बजार भारतमा इलेक्ट्रिक स्कुटरको बिक्री...
काठमाडौं – कलंकीमाई विद्युतीय माइक्रोबस समितिले गत आइतबार रत्नपार्कमा भएको ईभी भ्यान दुर्घटना ब्रेक फेलका कारण नभएको स्पष्ट पारेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै समितिले उक्त भ्यान दुर्घटना ब्रेक भएर नभई मोटरसाइकल जोगाउँदा हुन पुगेको बताएको हो ।
बुधबार कलंकीमाई विद्युतीय माइक्रोबस समितिका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै आइतबार भएको किङलङ ईभी भ्यान दुर्घटना ब्रेक फेलका कारण नभई अगाडि आइपुगेको मोटरसाइकल जोगाउँदा भएको दाबी गरेका छन् ।
विज्ञप्तिमा जनाइए अनुसार वैशाख २१ गते आइतबार बिहान गुडिरहेको किङलङ ईभी भ्यानको अगाडि एक्कासी मोटरसाइकल आइपुगेको र उक्त मोटरसाइकललाई जोगाउन चालकले विपरीत दिशामा मोड्दा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । तर केही सञ्चारमाध्यममा ब्रेक फेल भनी समाचार आएको भन्दै उक्त ईभी भ्यानको ब्रेक फेल नभएको कुरा प्राविधिक परीक्षणबाट पुष्टि भइसकेको जनाएको छ ।
गत वैशाख २१ गते आइतबार बिहान पौने ६ बजे रत्नपार्कमा बागमती प्रदेश ०१–००२ ज ७०५२ नम्बरको किङलङ ईभी भ्यान दुर्घटना भएको थियो । दुर्घटनाको विषयमा केही सञ्चारमाध्यममा समाचार आउँदा चालक पाण्डेले ब्रेक फेल भएको भनी बताएको दाबी गरिएको थियो । तर प्राविधिक परीक्षणमा ब्रेक फेल नभएको र सबै ठीकठाक रहेको पाइएको समितिले विज्ञप्तिमार्फत् दाबी गरेको छ ।
समितिबाट जारी भएको विज्ञप्तिमा सञ्चारमाध्यममा ब्रेक फेल भनी आएको समाचारप्रति आपत्ति जनाइएको छ र समाचार समिति तथा कम्पनीलाई क्षति पु¥याउने उद्देश्यबाट प्रेरित रहेको दाबी गरिएको छ ।
समितिले विज्ञिप्तमा भनेको छ, ‘समाचारमा अनावश्यक रूपमा चालक, सवारी साधनको ब्रान्ड र हाम्रो संस्थाको छविलाई क्षति पु¥याउने शैलीमा विवरण प्रस्तुत गरिएको छ, जुन निन्दनीय छ । वास्तविकता के हो भने सो दिन बिहान वर्षा भइरहेको थियो, सोही बेला एक मोटरसाइकल अकस्मात गाडीको अगाडि आएपछि गाडीका चालक श्री कपिल पाण्डेले ज्यान जोगाउन तत्काल सवारीलाई विपरीत दिशातर्फ मोड्न बाध्य भए । यसै क्रममा गाडी डिभाइडरसँग सामान्यरूपमा ठोक्किएको हो, जुन ब्रेक असफलताको कारण नभई आकस्मिक परिस्थितिको परिणाम हो । प्राविधिक परीक्षण तथा चालकको बयानअनुसार गाडीको ब्रेक प्रणाली पूर्णरूपमा क्रियाशील रहेको पुष्टि भएको छ ।’ चालकको तदारुक प्रतिक्रिया र सावधानीका कारण सम्भावित ठुलो दुर्घटना टरेको भन्दै दुर्घटनाको मुख्य कारणमा अचानक मोटरसाइकलको प्रवेश र भिजेको सडक रहेको समितिले दाबी गरेको छ ।
सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै समितिले भनेको छ, ‘कुनै प्राविधिक परीक्षणको आधार नलिइकन, केवल अनुमानमा आधारित अपुष्ट विवरण प्रस्तुत गरिएको छ । यसले कलंकी माई समिति, सीजी मोटर्स तथा ‘किङलङ’ ब्रान्डको प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने प्रयास भएको देखिन्छ, जुन नियोजित र दुर्भावनायुक्त देखिन्छ ।’
समितिले आफ्नो विज्ञप्तिमा आफूहरु ईभी भ्यानको ब्रान्डसँग सन्तुष्ट रहेको समेत दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी सीजी मोटर्स तथा किङलङ ब्रान्डप्रति पूर्ण विश्वास राख्दछौँ र यो स्पष्ट रूपमा भन्छौँ कि उक्त दुर्घटनामा ‘ब्रेक फेल’ भएको भन्ने कुरा पूर्णतः निराधार, भ्रामक र तथ्यहीन हो ।’
टु ह्विलरको सवैभन्दा ठूलो बजार भारतमा इलेक्ट्रिक स्कुटरको बिक्री...
विश्वमा इलेक्ट्रिक कारको क्रेज बढेसँग अटो निर्माता कम्पनीले सोलारबाट...
काठमाडौं – एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय ईभी ब्रान्डहरु दिपल, अवतार,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...