एक्सयुभी ७०० को ५ सिटर भेरिएन्ट अव उत्पादन नहुने

महिन्द्राले एक्सयुभी ७०० को ५ सिटर भेरियन्ट बन्द गरेको छ । एसयुभी अब ६ सिटर र ७ सिटर कन्फिगरेसनमा मात्र उपलब्ध हुने जनाइएको छ ।

एमएक्स, एएक्स३ र एएक्स५ भेरिएन्टमा उपलब्ध यस एसयुभीको ५ सिटर भेरिएन्ट डिजेल र पेट्रोल दुबै इन्जिनका साथ म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध थियो । भारतमा यसको सुरुवाती मुल्य १४ लाख भारु तोकिएको थियो ।

५ सिटर भेरिएन्ट बन्द भएपनि एक्सयुभी ७०० अव ६ र ५ सिटर कन्फिगरेसनका साथ ४३ भेरियन्टहरूमा उपलब्ध छ । ५ सिटर र ७ सिटर भेरिएन्टको सुरुवाती मूल्यमा खासै ठूलो अन्तर नभएपछि ग्राहकले पछिल्लो समय ६ र ७ सिटर भेरिएन्टलाई अत्याधिक रुचाएका थिए । जसकारण ५ सिटर भेरिएन्टको मागमा कमि आएको र अन्ततः उत्पादन नै बन्द गरिएको अनुमान गरिएको छ ।

एक्सयुभी ७०० नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको एसयुभी हो । नेपालमा यसको ५ सिटर भेरिएन्ट अन्तर्गत एएक्स३ र एएक्स५ ट्रिम उपलब्ध छ । जसको मुल्य ७४ लाख र ८१ लाख रुपैयाँ तोकिएको छ ।

यसैगरी, ७ सिटर भेरिएन्टमा यो ४ वटा ट्रिममा उपलब्ध छ र सुरुवाती मुल्य ८३ लाख रुपैयाँ पर्छ । यसको टप स्पेक भेरिएन्ट एएक्स६एल को मूल्य १ करोड १० लाख रुपैयाँ पर्छ ।

सम्बन्धित समाचारहरू

नेपालकै पहिलो डिजेल कार्गो भ्यान महिन्द्रा सुप्रो : २०,८०० मासिक किस्तामा उपलब्ध

नेपालकै पहिलो डिजेल कार्गो भ्यान महिन्द्रा सुप्रो : २०,८०० मासिक किस्तामा उपलब्ध

नेपालकै पहिलो डिजेल कार्गो भ्यान महिन्द्रा सुप्रो सरल किस्ताबन्दिमा खरिद...

इलेक्ट्रिक कार बीई ६ई मा आपत्ति

इलेक्ट्रिक कार बीई ६ई मा आपत्ति

इन्डिगो सञ्चालक कम्पनी इन्टरग्लोब एभिएसनले महिन्द्रा इलेक्ट्रिक...

बोल्ड लुकको साथमा महिन्द्राको बहुप्रतीक्षित एसयूभी एक्सयूभी७०० सार्वजनिक

बोल्ड लुकको साथमा महिन्द्राको बहुप्रतीक्षित एसयूभी एक्सयूभी७०० सार्वजनिक

महिन्द्रा एक्सयूभी७०० शनिबार आधिकारिक रुपमा भारतमा सार्वजनिक गरिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...