चिनियाँ ईभी स्टार्टअपमा लिपमोटरले हासिल ग-यो शीर्ष स्थान

न्यू ईनर्जी भेइकल उत्पादक लिप मोटर चिनियाँ स्टार्टअप कार ब्रान्डमा अगाडि देखिएको छ । लिपमोटरले लगातार दोस्रो महिना पनि चीनको शीर्ष ईभी स्टार्टअप कम्पनीमा आफ्नो स्थान सुरक्षित राखेको हो ।

लिपमोटरले अप्रिल महिनामा ४१ हजार ३९ युनिट ईभी डेलिभरी गर्दै अन्य स्टार्टअप कार ब्रान्डलाई पछि पारेको जनाइएको छ । उसले जनवरीदेखि अप्रिलसम्म १ लाख २८ हजार ५९१ युनिट कार डेलिभरी गरेको दाबी गरेको छ ।

युरोपेली ब्रान्ड स्टेलान्टिसको प्रवेशपछि लिपमोटरको बिक्रीमा एकपछि अर्को उछाल देखिँदै गएको छ । गत अप्रिलमा लिपमोटरलाई पछ्याउँदै अर्को स्टार्टअप कार ब्रान्ड एक्सपेङले ३३ हजार ४५ युनिट कार बिक्री गरेको छ ।

३३ हजार ९३९ युनिट कार डेलिभरीसहित एलआई अटो तेस्रो भएको छ भने चौथो स्थानमा पर्न सफल साओमीले २८ हजार युनिट कार बिक्री गरेको छ । यसैगरी, पाँचौदेखि १० औं स्थानमा क्रमशः दिपल, निओ, जिकर, अवतार, भोया र ओन्भोले स्थान सुरक्षित गरेका छन् ।

यी १० उत्कृष्ट स्टार्टअप कार ब्रान्ड मध्ये लिपमोटर, एक्सपेङ, जिकर, दिपल र अवतार नेपाली बजारमा समेत उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

चीनद्वारा ईभीमा दिइएको सहुलियत हटाउने संकेत, अब बजारकै भरमा टिक्ने

चीनद्वारा ईभीमा दिइएको सहुलियत हटाउने संकेत, अब बजारकै भरमा टिक्ने

दशकौँदेखि विद्युतीय सवारीसाधन (ईभी) उद्योगलाई ठूलो सरकारी सहुलियत प्रदान...

ग्राहकको विश्वास जितेर सडकमा आफ्नो उपस्थिती मजवुत वनाउँदै ब्रम्बी ईभी

ग्राहकको विश्वास जितेर सडकमा आफ्नो उपस्थिती मजवुत वनाउँदै ब्रम्बी ईभी

काठमाडौं – नेपाली बजारमा पछिल्लो समय नयाँनयाँ ब्रान्डका ईभी भित्रिरहेका...

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

काठमाडौं – नेपालमा उपलब्धहरु इलेक्ट्रिक कार मध्ये सबैभन्दा धेरै रेन्ज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...