सार्वजनिक हुनुअघि विशेष मूल्यमा ७ सिटर जिप मेरिडियनको बुकिङ खुल्ला, टेस्ट ड्राइभ गर्न सकिने
काठमाडौं – अमेरिकी अटोमोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयुभी...
जीपले आफ्नो लोकप्रिय एसयुभी कम्पासको २०२५ संस्करण छिट्टै लन्च गर्ने तयारी गरेको छ । ग्लोवल डेब्यूअघि लिक भएका तस्विरबाट नयाँ कम्पास अवको केही समयपछि लन्च हुने तयारीमा रहेको अनुमान गरिएको हो ।
नयाँ कम्पासलाई जीपले आफ्नो नयाँ प्लेटफर्म एसटिएलएमा तयार पार्न लागेको र यो इटालीको मेल्फीमा उत्पादन भई सबैभन्दा पहिले युरोपमा डेब्यू हुनेछ ।
जीपले केही महिना अघि नयाँ एसयूभीको टिजरहरू सार्वजनिक गरेको थियो । जसअनुसार, नयाँ कम्पासको हेडल्याम्पहरू चेरोकीबाट प्रेरित देखिएको छ भने ग्रिलमा केही लाइट इलिमेन्टहरु पनि देख्न सकिन्छ ।
सिग्नेचर एलईडी सहतिको नयाँ टेल ल्याम्प र अगाडि तथा पछाडि दुवै बम्परहरूमा आक्रामक स्टाइल दिइएको नयाँ कम्पासमा साइड बडी क्ल्याडिङ र ब्ल्याक रुफ समेत देख्न सकिन्छ । नयाँ कम्पास आइसिई, हाइब्रिड र प्योर ईभी पावरट्रेनमा उपलब्ध हुने जनाइएको छ । साथै, केही मोडलमा अल ह्विल ड्राइभ सिस्टम समेत उपलब्ध हुनेछ ।
जीपको माउ कम्पनी स्टेलान्टिसले नयाँ जेनेरेशन कम्पासालाई भारतिय बजारमा लन्च नगर्ने यसअघि नै घोषणा गरिसकेको छ । जसअनुुसार, नयाँ कम्पास सिधै युरोपबाट नेपाल आउनेछ । भारतमा अहिले यसको फेसलिफ्ट भर्सन एसेम्वल हुँदै आएको छ भने नेपालमा समते भारतमै एसेम्वल गरिएका मोडलहरु उपलब्ध छन् ।
काठमाडौं – अमेरिकी अटोमोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयुभी...
काठमाडौं– जीपको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो...
जिप इन्डियाले आफ्नो प्रिमियम सात सिटे एसयूभी मेरिडियनको नयाँ लिमिटेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...