केई एक्सचेन्ज कार्निभल हुने, पुराना गाडीसँग केईका विभिन्न ईभी मोडल साट्न सकिने

काठमाडौं – नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले केई एक्सचेन्ज कार्निभल २०८२ आयोजना गर्ने भएका छन् । काठमाडौंको थापाथलीस्थित केई शोरुमसँगै हुन्डाईको विपरित दिशामा रहेको शोरुममा आगामी बैशाख २६ देखि २८ गते सम्म उक्त कार्निभल हुनेछ ।

सो अवसरमा पुराना गाडीसँग ई–क्युट ०२, ई–क्युट ०४ र एक्स३ प्रो गरी केई ईभीका तीन मोडल विशेष अफरका साथ साट्न सकिने छ । ग्राहकले पुराना कुनै पनि ब्रान्डका गाडीको अन–द–स्पट भ्यालुएसनका साथै बेस्ट रिसेल भ्याल्यु पाउने छन् भने आकर्षक नगद छुटका साथै प्रत्येक भ्यालुएसन वापत जोडीका लागि क्युएफएक्स मुभी टिकट समेत प्राप्त गर्नेछन् ।

त्यसैगरी तोकिएका मोडलमा व्यापक बिमा, सडक दस्तुर छुटका साथै एक्सचेन्ज बोनस लगायतका फाइदा लिन सकिने छ ।

प्रत्येक बुकिङ वापत ई–क्युट गाडी बुकिङ गर्ने ग्राहकले बोस जेट कार वासर र एक्स३ प्रो बुकिङ गर्ने ग्राहकले बोस वासिङ मेसिन उपहार पाउने छन् ।

सबै उमेर समूहका व्यक्तिहरुका लागि इभेन्टलाई मनोरञ्जनात्मक बनाउन पारिवारिक मनोरञ्जन, गेम र म्युजिकको व्यवस्था समेत गरिएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

मंसिरमा नेपाल भित्रिए ९०० विद्युतीय गाडी, सबैभन्दा धेरै चीनबाट

मंसिरमा नेपाल भित्रिए ९०० विद्युतीय गाडी, सबैभन्दा धेरै चीनबाट

काठमाडौं – मंसिर महिनामा नेपालमा ८९९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात...

सर्बाधिक पावरफुल : आयो फुल चार्जमा २४० किलोमिटर रेन्ज दिने सिम्पल वान ई–स्कुटर

सर्बाधिक पावरफुल : आयो फुल चार्जमा २४० किलोमिटर रेन्ज दिने सिम्पल वान ई–स्कुटर

ओला स्कुटर लन्च भएसँगै सिम्पल वानले पनि ई–स्कुटर लन्च गरेको छ । जसको मूल्य...

टेस्लाको प्रतिद्वन्दी फोर्ड मुस्ताङ म्याच–ईद्वारा नयाँ ड्राइभिङ रेन्ज रेकर्ड कायम

टेस्लाको प्रतिद्वन्दी फोर्ड मुस्ताङ म्याच–ईद्वारा नयाँ ड्राइभिङ रेन्ज रेकर्ड कायम

टेस्ला मोडल वाईलाई टक्कर दिने क्षमता भएको फोर्ड मुस्ताङ म्याच–ई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...