क्यानडाले पनि चिनियाँ इलेक्ट्रिक गाडीमा कर लगाउने तयारी गर्दै
क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकारले चिनियाँ विद्युतीय...
काठमाडौं – नेपाली बजारमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरका तीनवटै भेरिएन्टको मूल्य घटेको छ । नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक अर्गनाजेसन अन्तर्गतको वैद्य इनर्जीले नेपाली बजारमा नयाँ २०२५ संस्करणको मोडल भित्र्याए पश्चात मूल्य समेत घटाएको हो ।
नेपाली बजारमा एथर ४५० एस र एथर ४५० एक्स रहेका छन् । ती मध्ये एथर ४५० एसको एउटै भेरिएन्ट उपलब्ध छ भने एथर ४५० एक्सको दुईवटा भेरिएन्ट रहेका छन् ।
एथर ४५० एसको मूल्य पहिले ३ लाख ५० हजार रुपैयाँ रहेकोमा अब २५ हजार रुपैयाँ मूल्य घटेर ३ लाख २४ हजार ९९९ मात्र रहेको छ । यसमा २.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसले सिंगल चार्जमा १२२ किलोमिटरको रेन्ज दिने बताइएको छ भने वास्तविक रेन्ज १०५ किलोमिटर भएको कम्पनीको भनाइ छ ।
यो इलेक्ट्रिक स्कुटरलाई शून्य देखि ८० प्रतिशत सम्म चार्ज गर्न साढे ५ घण्टा लाग्छ भने शून्य देखि ४० किलोमिटर प्रतिघण्टाको गति ३.९ सेकेन्डमै लिन्छ ।

त्यसैगरी एथर ४५० एक्सको २.९ किलोवाट आवर ब्याट्री प्याक भेरिएन्टको मूल्य पहिले ३ लाख ९९ हजार ९९९ रुपैयाँ रहेकोमा अब यसको मूल्य ३ लाख ६४ हजार ९९९ कायम गरिएको छ । यसमा एकैपटक ३५ हजार रुपैयाँ मूल्य घटेको छ ।
यो मोडलमा भएको ब्याट्रीले सिंगल चार्जमा १२६ किलोमिटर रेन्ज दिने बताइए तापनि वास्तविक रेन्ज १०५ किलोमिटर सम्म हुने कम्पनीको भनाइ छ । यसले शून्य देखि ४० किलोमिटर प्रतिघण्टा सम्मको गति ३.३ सेकेन्डमै लिन सक्छ । यसमा भएको ब्याट्रीलाई शून्य देखि ८० प्रतिशत सम्म चार्ज गर्न ३ घण्टा लाग्छ ।
त्यसैगरी एथर ४५० एक्सको ३.७ किलोवाटर आवर ब्याट्रीयुक्त भेरिएन्टको मूल्य ४ लाख ३९ हजार ९९९ बाट घटाएर ३ लाख ९९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । यसमा एकै पटक ४० हजार रुपैयाँ मूल्य घटेको हो ।
यसमा भएको ब्याट्रीले सिंगल चार्जमा १६१ किलोमिटरको रेन्ज दिने बताइएको छ भने वास्तविक रेन्ज १३० किलोमिटर भएको कम्पनीको भनाइ छ ।
यो इलेक्ट्रिक स्कुटरलाई शून्य देखि ८० प्रतिशत सम्म चार्ज गर्न साढे ४ घण्टा लाग्छ भने शून्य देखि ४० किलोमिटर प्रतिघण्टाको गति ३.३ सेकेन्डमै लिन्छ ।
तीनवटै भेरिएन्टको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरमा टीएफटी टचस्क्रिन, गुगल म्याप्स लगायका विभिन्न फिचर छन् ।
सबै स्कुटरमा ५ वर्ष वा ६० हजार किलोमिटर गुड्ने अवधि सम्मको ब्याट्री वारेन्टी, ३ वर्ष वा ३० हजार किलोमिटर सम्मको स्कुटर वारेन्टी र एथर पोर्टेबल चार्जरमा ३ वर्षको वारेन्टी रहेको छ ।
क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकारले चिनियाँ विद्युतीय...
कोरीयाली अटो उत्पादक हुन्डाईले आगामी सात वर्षमा विद्युतीय गाडी उत्पादनका...
काठमाडौं–चिनियाँ टु–ह्विलर निर्माता साइगी (SAIGE) ले नयाँ विद्युतीय स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...