काठमाडौँ उपत्यकामा ट्राफिकको ‘नो हर्न’ अभियान पुन: सुरू
काठमाडौँ – उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले फेरि ‘नो हर्न’...
ट्राफिक प्रहरीले विभिन्न अवस्थामा सवारी चालकलाई जरिवाना तिराउने गरेको पाइन्छ । सडकमा नियम उल्लंघन गरेको अवस्थामा यसरी जरिवाना लिने गरेको पाइन्छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ का आधारमा यसरी कारवाही गर्ने गरेको पाइन्छ । दफा १६० (३) अनुसार १००० रुपैयाँ सम्म जरिवाना हुने कसूरहरु यस प्रकार छन् :
१. सवारी चालक अनुमति पत्र (स.चा.अ.प.) प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा ।(दफा ४६)
२. पटके इजाजतपत्र नलिई सवारी चलाएमा ।(दफा ८१)
३. लामो बाटोमा यातायात सेवा संचालन गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा कम्तिमा दुईजना चालक राखी पालोपालोसँग सवारी नचलाएमा ।(दफा १०४)
४. सिट सुरक्षित नराखेमा ।(दफा १०७)
५. सार्वजनिक सवारीमा धुम्रपान गरेमा ।(दफा ११०)
६. सवारी साधनको अन्य भागमा मानिस राखेमा ।(दफा १२३)
७. खतरापूर्ण मालसामान ढुवानी गर्ने मालबाहक सार्वजनिक सवारीले अन्य सवारी तथा सर्वसाधारणको जानकारीको लागि सांकेतिक चिन्ह देखिने गरी नराखेमा ।(दफा १२७)
८. रोक्न संकेत गरेको वा आदेश दिएकोमा नरोकेमा ।(दफा १३२)
९. तोकिएको ढाँचा अनुसारको टिकट जारी नगरेमा ।(दफा ९८) (का.उ.ट्रा.प्र.का.लाई मात्र)
१०. कुनै सवारीको दर्ता प्रमाणपत्र र सार्वजनिक सवारीको बाटो इजाजतपत्र खोजेको बेला देखाउनु पर्नेमा नदेखाएमा । (दफा १३१ को (२))
११. अन्य लागु पदार्थ सेवन गरी सवारी चलाएमा । (दफा १४२)
काठमाडौँ – उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले फेरि ‘नो हर्न’...
काठमाडौं – देशभर दर्ता भएको सवारी साधनको सङ्ख्या ३९ लाख ८७ हजार २६७...
काठमाडौं । सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...