जापानकै लागि भनेर केई कार उत्पादन गर्दै बीवाईडी

चिनियाँ ईभी नर्माता बीवाईडीले जापानी बजारकै लागि भनेर केई (मिनी कार) विद्युतीय कार विकास गर्ने भएको छ । अहिलेसम्म जापानका घरेलु उत्पादकहरूले मात्र केई कारहरू बनाउँदै आएकोमा बीवाईडीले पहिलोपटक यस्तो कार उत्पादन गर्न लागेको हो ।

जापानी भाषामा मिनी कार वा केई–जी दोशा (हल्का सवारी साधन) ले जापानी कार बजारको लगभग ४० प्रतिशत हिस्सा ओगटेका छन् । केई कारहरूको अद्वितीय मापदण्डका कारण, अहिलेसम्म कुनै पनि विदेशी कार निर्माताले जापानमा यो सेग्मेन्टमा आफ्नो पहुँच पाउन सकेको छैन ।

मिडिया रिपोर्टक अनुसार बीवाईडीले नयाँ विद्युतीय कारको डिजाइन पूरा गरिसकेको छ । यो जापानमा विशेष रूपमा उपलब्ध हुनेछ र २०२६ को मध्येतिर लन्च हुने तय भएको छ । नयाँ कारको अनुमानित मूल्य १७ हजार ७०० अमेरिकी डलर पर्ने अनुमान गरिएको छ ।

बीवाईडीको बिक्री विश्वव्यापी रुपमा बृद्धि भइरहेको समयमा आएको यस कदमले दक्षिणपूर्बी एसियामा समेत ब्रान्डको पहुँच थप मजवुत बन्दै जाने विश्वास लिइएको छ । सन् २०२३ मा जापानी बजारमा प्रवेश गरेको बीवाईडीले हालसम्म जम्मा ४ हजार ५३० युनिट कार बिक्री गरेको छ । केई कार सेग्मेन्टमा प्रवेश गरेर उसले जापानमा आफ्नो हिस्सा बजार बढाउने रणनिती अपनाएको हो ।

चीनमा बिक्री हुने मोडललाई विश्वव्यापी बजारमा बिक्री गर्दै आएको बीवाईडीले पहिलो पटक कुनै निश्चित देशका लागि विशेष रूपमा कार विकास गर्न लागेको हो ।

केई वा मिनी–कारहरूलाई ३.४ मिटर वा कम लम्बाइ र १.४८ मिटर वा कम चौडाइको रूपमा परिभाषित गरिएको छ । यी कारहरुमा सरकारले कर छुट दिने कारण मूल्य समेत कम पर्छ । जापानमा हाल निसानले साकुरा र मित्सुबिशी एक एक्स मोडलका केई ईभी उत्पादन गरी बिक्री गर्दै आएका छन् ।

सम्बन्धित समाचारहरू

जापानमा बीवाईडी कारको बिक्री दोब्बरले बृद्धि

जापानमा बीवाईडी कारको बिक्री दोब्बरले बृद्धि

काठमाडौं–चिनियाँ ईभी जायन्ट बीवाईडीले जापानमा आफ्ना कारको बिक्री...

बीवाईडीले सार्वजनिक ग-यो डिसस सिस्टम, भेइकल टेक्नोलोजीको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि

बीवाईडीले सार्वजनिक ग-यो डिसस सिस्टम, भेइकल टेक्नोलोजीको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि

विश्व प्रसिद्ध इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले बीवाईडी...

फ्ल्यास चार्ज सपोर्ट गर्ने बीवाईडी ईभीको माग उच्च, ब्याट्री अभाव हुने संकेत

फ्ल्यास चार्ज सपोर्ट गर्ने बीवाईडी ईभीको माग उच्च, ब्याट्री अभाव हुने संकेत

चीनमा बीवाईडीको फ्ल्यास चार्ज प्रविधियुक्त मोडलको माग उच्च मात्राका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...