बजेटले उल्लेख गरे अनुसार विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर्ने बीवाईडीको प्रतिबद्धता
सरकारले विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा...
चिनियाँ ब्याट्री निर्माता कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (सिएटिएल) सोमबार आफ्नो ‘टेक डे’ कार्यक्रममा तीन ब्याट्री प्रविधि सार्बजनिक गरेको छ । कम्पनीले देखाएको यी तीन नयाँ आविष्कारले भविषयमा बिद्युतिय कार र हाइब्रिड सवारी साधनहरू बीचको प्रतिस्पर्धात्मक परिदृश्यलाई नयाँ परिभाषा दिने अनुमान गरिएको छ ।
कम्पनीले सार्बजनिक गरेको प्रमुख आविष्कार ‘फ्रीभोय डुअल पावर ब्याट्री’ थियो, जसले सिंगल चार्जमा १५०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । डुअल–कोर आर्किटेक्चरमा तयार पारिएको यस नयाँ ब्याट्रीले भविष्यमा समग्र ईभी उद्योगमा नै हलचल ल्याउने अनुमान गरिएको छ ।
सिएटिएलले सार्बजनिक गरेको अर्को नयाँ आविष्कार भनेको दोस्रो–पुस्ताको शेन्क्सिङ सुपरफास्ट चार्जिङ ब्याट्री हो । यस नयाँ ब्याट्रीले ८०० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । साथै यस ब्याट्रीको १२ डिग्री सेल्सियस हाराहारी चार्जिङ रेट र १.३ मेगावाट भन्दा बढीको अधिकतम चार्जिङ पावर रहेको छ ।
एक सेकेन्ड चार्ज गरेपछि २.५ किलोमिटर रेन्ज पाइने यस नयाँ प्रबिधीले मेगावाट–स्तरको चार्जिङ स्टेशनबाट केवल पाँच मिनेटमा ५२० किलोमिटर रेन्ज प्रदान गर्दछ ।
त्यसैगरी, सिएटिएलले सोडियम–आयन पावर ब्याट्रीलाई यसै वर्षको डिसेम्वर महिदनादेखी मास प्रोडक्सन थाल्ने घोषणा गरेको छ । यो सोडियम–आयन ब्याट्रीले उच्चतम ऊर्जा घनत्व १७५डब्लुएच÷केजी हासिल गर्छ, जसले हाइब्रिड विद्युतीय सवारी साधनहरूलाई २०० किलोमिटर भन्दा बढी रेन्ज दिन्छ ।
यस ब्याट्रीले ५सी सुपरफास्ट चार्जिङलाई सपोर्ट गर्दछ भने चार्जिङ साइकल १० हजार रहेको छ । सोडियम–आयन प्रविधिले परम्परागत लिथियम ब्याट्रीहरू भन्दा धेरै सुरक्षा समेत प्रदान गर्दछ । सिएटिएलको सोडियम–आयन ब्याट्रीले अत्यधिक चिसोमा समेत उत्कृष्ट पर्फमेन्स दिने बताइएको छ ।
सरकारले विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा...
फिनल्यान्डको इलेक्ट्रिक मोटरसाइकल निर्माता भर्ज मोटरसाइकलले सीईएस २०२६...
बीवाईडीले दोस्रो पुस्ताको ब्लेड ब्याट्री र अत्याधुनिक फ्ल्यास चार्जिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...