बीवाईडी सिलायन ७ ले पायो युरो एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ

बीवाईडी आजकल विश्वभर चर्चामा छ। हालसालै बीवाईडी कारलाई पानीमा गुडिरहेको देखिएको भिडियो इन्टरनेटमा भाइरल भएको थियो। अब कम्पनीको अर्को कार, बीवाईडी सिलायन ले नयाँ उपलब्धि हासिल गरेको छ। हालै युरो एनक्यापद्वारा गरिएको क्र्यास टेस्टमा सिलायन ७ ले फाइभ स्टार मूल्याङ्कन प्राप्त गरेको छ।

युरोपको युरो एनक्याप परीक्षणलाई विश्वकै सबैभन्दा कठिन क्र्यास टेष्टमध्ये एक मानिन्छ। बीवाईडी सिलायन ७ ले वयस्क सुरक्षा, बाल सुरक्षा, सडक सुरक्षा र सुरक्षा सहयोगजस्ता चार प्रमुख क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्‍यो। युरो एनक्यापका अनुसार, कारले दुर्घटनाहरूमा राम्रो ह्विपल्याश सुरक्षा प्रदान गर्‍यो र साइड ब्यारियर तथा साइड पोल प्रभाव परीक्षणमा समेत प्रभावकारी सुरक्षा देखायो। वयस्क सुरक्षामा यसले ८७ प्रतिशत स्कोर हासिल गर्‍यो।

लक्जरी ईभीका रूपमा, बीवाईडी सिलायन ७ मा ८२.५६ किलोवाट ब्याट्री प्याक जडान गरिएको छ। इन्ट्री-लेभल प्रिमियम भेरिएन्टले एक पटक चार्ज गर्दा ५६७ किलोमिटरको दाबी गरिएको रेन्ज प्रदान गर्छ। पर्फर्मेन्स संस्करणले भने ५४२ किलोमिटरको रेन्ज दिन्छ तर यसको पावर ५२० बीएचपीभन्दा बढी र टर्क ६९० एनएम रहेको छ, जसले बढी प्रदर्शन सुनिश्चित गर्छ।

सुविधाको लागि दुबै भेरिएन्टमा १५.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, १२ वटा स्पिकर, प्यानोरामिक ग्लास रूफ, वायरलेस चार्जर, लेभल २ एडीएएस सुइट, ३६०-डिग्री क्यामेरा र चालक थकान निगरानी सिस्टम उपलब्ध छ। सुरक्षाका हिसाबले, दुबै भेरिएन्टमा ११ वटा एयरब्याग प्रदान गरिएको छ।

बीवाईडी सिलायन ७ ले हुन्डाई आयोनिक ५, भल्भो ईएक्स४० र बीएमडब्ल्यु आईएक्स१ एलडब्ल्युसँग प्रतिस्पर्धा गर्छ ।

सम्बन्धित समाचारहरू

नेपालमा हालै भित्रिएको बीवाईडी एट्टो १ ईभी टाइमको ‘बेस्ट इन्भेन्सन अफ २०२५’ मा समावेश

नेपालमा हालै भित्रिएको बीवाईडी एट्टो १ ईभी टाइमको ‘बेस्ट इन्भेन्सन अफ २०२५’ मा समावेश

नेपालमा हालै भित्रिएको बीवाईडीको इलेक्ट्रिक कार एट्टो १ अर्थात सिगललाई...

सगरमाथा संरक्षण अभियानमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य

सगरमाथा संरक्षण अभियानमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य

काठमाडौं – विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा प्रदूषण नियन्त्रण...

एमक्यूबद्वारा बीवाईडी नेपालसँगको सहकार्यमा काठमाडौं क्रोनिकल्सको घोषणा

एमक्यूबद्वारा बीवाईडी नेपालसँगको सहकार्यमा काठमाडौं क्रोनिकल्सको घोषणा

काठमाडौं – एमक्यूब नेपालले बीवाईडी नेपालसँगको सहकार्यमा काठमाडौं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...