१३० किलोमिटर प्रति घण्टाको स्पिडमा एक्सपेङ जी७ को अटोनोमस इमर्जेन्सि ब्रेकिङ परिक्षण
एक्सपेङले हालै लन्च गरेको नयाँ बिद्युतिय एसयुभी जी७ लाई १३० किलोमिटर...
काठमाडौं – विभिन्न वायुसेवा कम्पनीसँग आवद्ध रहेका नेपाली पाइलटहरु एउटै छाना मुनी संगठित हुने अभिप्रायले हालै पाइलट एसोसिएसन अफ नेपाल संचालनमा ल्याइएको छ । जससँगै संगठित पाइलटहरु पाइलटको व्यावसायिकता अभिवृद्धि तथा जनचेतना अभिवृद्धिका माध्यमबाट नेपालको हवाई उड्ययन क्षेत्रममा सकारात्मक अभिवृद्धि ल्याउन थप अग्रसर देखिएका हुन् ।
यही प्रयासको पहिलो कदमका रुपमा आउँदो शनिबार अप्रिल १९, २०२५ का दिन मल्ल होटलमा नेपालको पहिलो पाइलट समिट, स्काईवेल पाइलट समिट २०२५ आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आथित्यता रहने से समिटका लागि टाइटल स्पोन्सरको रुपमा पहिलो रियल एसयूभी ईभी स्काईवेल रहने बताइएको छ ।
टाइटल स्पोन्सरको रुपमा गरिएको सम्झौता हस्ताक्षर समारोहमा स्काईवेल नेपालको आधिकारिक आयातकर्ता जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले पाइलट जस्तो संवेदनशील पेशाकर्मीसँगको साथ र ऐक्यबद्धतामा सरिक हुन पाउँदा खुसी व्यक्त गर्दै, यात्रुको सुरक्षामा उच्चतम विन्दुको मापदण्ड अपनाउने पाइलट र स्काईवेल दुवैको उदेश्यमा मेल खाने भएकैले यो सहकार्य सम्भव भएको बताए ।
स्काईवेल चीनमा उत्पादन भएर ६५ मुलुकमा निर्यात हुँदै आएको अग्रणी इयु प्रोडक्ट सर्टिफाइड इलेक्ट्रिक ईभी हो भने यसले चाईना एनक्याप सेफ्टी रेटिङमा फाइभ स्टार रेटिङ् प्राप्त गरेको छ । फाइभ स्टार एनक्याप सेफ्टी रेटिङको सबैभन्दा उच्चतम मापदण्ड हो । नेपालकै पहिलो पाइलट समिटको टाइटल स्पोन्सरको रुपमा रहेको स्काईवेल सन् २०२५ का लागि पाइलट एसोसिएसन अफ नेपालको आधिकारिक मोबिलिटी पार्टनरको रुपमा चिनिने छ ।
सम्झौतामा हस्ताक्षर गर्दै पाइलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले स्काईवेलले शुरुवाती चरणमै देखाएको तत्परता र विश्वासप्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै यात्रुको आरामदायिता र सुरक्षामा दुई प्रतिबद्ध संस्थाको सहकार्यको यो अनुपम नमूना भएको बताए ।
सो समिटको अवसर पारेर पाइलट एसोसिएसनको औपचारिक शुभारम्भ घोषणा समेत गरिनेछ । यसै समारोहमा सन् २०२५ भर नेपालको हवाई उड्डयनको सुरक्षा तथा संवेदनशीलताका क्षेत्रमा पाइलट एसोसिएसनले जनचेतना तथा व्यावसायिकता अभिवृद्धिका लागि आयोजना गर्ने विभिन्न कार्यक्रमको बार्षिक क्यालेण्डर समेत सार्वजनिक गरिने बताइएको छ ।
एक्सपेङले हालै लन्च गरेको नयाँ बिद्युतिय एसयुभी जी७ लाई १३० किलोमिटर...
युरोपको सबैभन्दा ठूलो मोटर शो ‘द म्युनिख मोटर शो २०२१’ जर्मनीको म्युनिखमा...
चाइनिज ईभी ब्रान्ड होजोन अटोको स्वामित्वमा रहेको नेटा अटोले पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...