नयाँ लुक र प्रविधिसहित होन्डाको नयाँ डियो १२५

होन्डाले नयाँ डियो १२५ स्कुटर भारतीय बजारमा लन्च गरेको छ। सो स्कुटर आकर्षक डिजाइन र आधुनिक सुविधाले सुसज्जित छ । नयाँ डियो १२५ दुई भेरिएन्टमा उपलब्ध छ, जसमा डियो १२५ डीएलएक्स र डियो १२५ एच-स्मार्ट समावेश छन् । कम्पनीले यस स्कुटरलाई नयाँ प्रविधि र विशेषतासहित प्रस्तुत गरे पनि यसको मौलिक पहिचानलाई कायम राखेको छ ।

नयाँ डियो १२५ मा पुरानो लुकलाई निरन्तरता दिइए पनि यसको स्वरूप पहिलेभन्दा धेरै आकर्षक र स्टाइलिश बनाइएको छ। स्कुटर ५ विभिन्न रङगमा उपलब्ध छ । स्कुटरमा नयाँ ग्राफिक्सको प्रयोग गरिएको छ, जसले यसको सम्पूर्ण डिजाइनमा थप आधुनिकता प्रदान गरेको छ।

फिचरका लागि यसमा माइलेज सूचक, ट्रिप मिटर, इको सूचक र रेन्ज अर्थात डिस्टेन्स टु एम्पटी जस्ता महत्वपूर्ण जानकारी देखाउने नयाँ ४.२ इन्चको टीएफटी डिस्प्ले जडान गरिएको छ । साथै स्कुटरमा होन्डाको रोडसिंक एप सपोर्ट पनि उपलब्ध छ, जसको सहायताले राइडरले नेभिगेसन, कल र म्यासेज अलर्ट जस्ता सुविधा सजिलै प्रयोग गर्न सक्छ। यसमा स्मार्ट की सिस्टम र यूएसबी टाइप-सी चार्जिङ पोर्टको सुविधा पनि समावेश गरिएको छ ।

नयाँ होन्डा डियो १२५ स्कुटर शैली र प्रविधिको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरिएको छ। स्कुटरमा १२३.९२ सीसी क्षमताको सिंगल-सिलिन्डर पीजीएम-एफआई इन्जिन जडान गरिएको छ, जसले ६.११ किलोवाट पावर र १०.५ एनएमको पीक टर्क उत्पादन गर्छ । यसमा एक उन्नत आइडलिङ स्टप सिस्टम पनि छ, जसले इन्धन बचत गर्छ।

सम्बन्धित समाचारहरू

होन्डाले सार्वजनिक ग-यो नयाँ एसयूभी ‘एलिभेट’

होन्डाले सार्वजनिक ग-यो नयाँ एसयूभी ‘एलिभेट’

होन्डाले भारतमा नयाँ एसयूभी ‘एलिभेट’ ग्लोबल डेब्यु गरेको छ । बजारमा पहिले...

होन्डाले ल्यायो भ्लोन्टाइन डे अफर, ४ हजार रुपैयाँ क्यास ब्याक पाइने

होन्डाले ल्यायो भ्लोन्टाइन डे अफर, ४ हजार रुपैयाँ क्यास ब्याक पाइने

होन्डा टु ह्विलरको नेपालका लागि आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले...

एसजे मोटोको एक वर्ष : ७ हजारले गरे भ्रमण

एसजे मोटोको एक वर्ष : ७ हजारले गरे भ्रमण

काठमाडौं – चर्चित अटोमोबाइल व्यवसायी सौरभ ज्योतिले एसजे मोटो शुभारम्भ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...