२० प्रतिशत डाउन पेमेन्ट र ४.९९ प्रतिशत ब्याज दरमा प्रोटोन ईमास ७ किन्न पाइने

काठमाडौं – मलेसियाली अटो ब्रान्ड प्रोटोनले हालै नेपाल ल्याएको नयाँ विद्युतिय एसयुभी ईमास ७ २० प्रतिशत डाउन पेमेन्ट र ४.९९ प्रतिशत ब्याज दरमै किन्न पाइने भएको छ । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०८२ लाई लक्षित गरी ल्याएको अफर अन्तर्गत ईमास ७ अव २० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न पाइने भएको हो ।

प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध प्रोटोन ईमास ७ को मूल्य क्रमशः ५६ लाख ९९ हजार र ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रोटोन ईमास ७ प्रोटोनको पहिलो विद्युतीय सवारी साधन अर्थात ईभी हो । यो ग्लोबल मोड्युलर आर्किटेक्चर (जीएमए)प्लेटफर्ममा निर्माण गरिएको छ । यसमा १२–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम रहेको छ भने नवीनतम सेल–टु–बडी (सीटीबी) ब्याट्री संरचना छ । त्यसैगरी यसममा नयाँ पुस्ताको एजिस शर्ट–ब्लेड ब्याट्री (लिथियम आइरन फस्फेट) रहेको छ ।

सुरक्षा र प्रदर्शनका लागि यसमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम छ भने ३६० डिग्री भ्यु क्यामेरा, फाइभ स्टार एसियन एनक्याप सेफ्टी रेटिङ, १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्ने क्षमता छ भने यसलाई ० देखि १०० किलोमिटर प्रतिघण्टा पुग्न पुग्न ६.९ सेकेन्ड मात्र लाग्छ । त्यसैगरी १०० किलोमिटर प्रतिघण्टाबाट रोक्न ३५ मिटर ब्रेकिङ दूरी मात्र चाहिन्छ ।

प्राइम भेरिएन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ । त्यसैगरी प्रिमियम भेरिएन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन २० मिनेट मात्र लाग्छ । १० मिनेट चार्ज गर्दा यसलाई १३५ किलोमिटर सम्म चलाउन सकिन्छ ।

यसको इन्टेरियरमा भेन्टिलेटेड सिटहरू छन् भने प्रशस्त लेगरुम रहेको छ । ३३ स्टोरेज कम्पार्टमेन्टहरू रहेको प्रोटोन ईमास७ ईभीमा वानोस प्रविधिसहितको १६ स्पिकर साउन्ड वेभ सिस्टम छ भने २५६ रङको एम्बियन्ट लाइटिङ छ, जुन यो सेगमेन्टकै सर्वश्रेष्ठ भएको कम्पनीको भनाइ छ । यसमा २.५ के रिजोल्युन सहितको १५.४ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ ।

सम्बन्धित समाचारहरू

८ मिनेटमा खेल खत्तम : मूल्य ५० प्रतिशत बढाउँदा पनि ४८० सेकेण्डमा सबै कार बिक्रीको रेकर्ड

८ मिनेटमा खेल खत्तम : मूल्य ५० प्रतिशत बढाउँदा पनि ४८० सेकेण्डमा सबै कार बिक्रीको रेकर्ड

फक्सवागनले सबैभन्दा लोकप्रिय ह्याचब्याक गल्फको स्पेसल एडिसन गल्फ आर ३३३...

युरोपमा सार्वजनिक भयो दिपल ईभी ब्रान्ड

युरोपमा सार्वजनिक भयो दिपल ईभी ब्रान्ड

चांगान अटोमोबाइलले सेयरिङ द फयुचर थिममा जर्मनीमा २०२५ चांगान युरोप...

ब्रम्बी ईभी किन्दा ब्याज नै नलाग्ने

ब्रम्बी ईभी किन्दा ब्याज नै नलाग्ने

काठमाडौं – नेपाली बजारमा सबैभन्दा कम मूल्यको ईभी मध्ये एक मानिने बीएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...