गियरसहितको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा लन्च, सिंगल चार्जमा १७२ किमी रेन्ज
भारतको पहिलो गियर भएको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा दिल्लीमा लन्च भएको...
टाटा मोटर्स फेरि भारतको दोस्रो ठूलो कार कम्पनी बनेको छ । गत मार्च महिनामा टाटा मोटर्सले महिन्द्रा एन्ड महिन्द्रा र हुन्डाई मोटरजस्ता कम्पनीहरूलाई पछि पारेको छ। पहिलो स्थानमा भने मारुती सुजुकी छ।
भारतीय अटोमोबाइल बजार प्रत्येक महिनामा नयाँ दिशा तर्फ अग्रसर हुँदै गएको देखिन्छ, जहाँ ग्राहकहरूको रोजाइ र कम्पनीहरूको रणनीतिहरू लगातार परिवर्तन हुँदै गएका छन्। एसयूभी सेग्मेन्टको लोकप्रियता अझै उच्चतम बिन्दुमा छ र ग्राहकहरू अहिले बढी प्रिमियम, सुरक्षित र प्रविधिमा उन्नत विकल्पहरू तर्फ आकर्षित भइरहेका छन्।
मार्च २०२५ मा पनि यो प्रवृत्ति स्पष्ट देखियो । हालै धेरै प्रमुख कार निर्माता कम्पनीहरूले आफ्नो मासिक बिक्री रिपोर्ट सार्वजनिक गरेका छन् । यी तथ्यांकहरूले कम्पनीहरूको वर्तमान उपलब्धि मात्र देखाउँदैन, तर उपभोक्ताहरू कुन ब्रान्ड र मोडलमाथि बढी विश्वास गरिरहेका छन् भन्ने पनि संकेत गर्छ।
मारुती सुजुकी फेरि भारतीय बजारको सर्बाधिक रुचाइएको कम्पनी नै बनेको छ भने टाटा, महिन्द्रा र टोयोटाजस्ता ब्रान्डहरूले उल्लेखनीय वृद्धि गर्दै सबैलाई अचम्ममा पारे। अर्कोतर्फ हुन्डाई जस्तो कम्पनीले केही गिरावटको सामना गर्नु परेको छ।
मार्च महिनामा शीर्ष ५ कार ब्रान्डको रुपमा मारुती सुजुकी, टाटा, महिन्द्रा, हुन्डाई र टोयोटा रहेका छन् । मारुती सुजुकीले मार्च महिनामा १ लाख ३२ हजार ४२३ युनिट बिक्री गरेको थियो भने टाटा मोटर्सले ४८ हजार ४६२ युनिट बिक्री ग-यो । पन्च र नेक्सन जस्ता मोडलका कारण टाटाले ४.२ प्रतिशत वृद्धि हासिल गरेको थियो ।
त्यसैगरी महिन्द्रा एन्ड महिन्द्राले ४६ हजार २९७ युनिट, हुन्डाईले ४२ हजार ५११ युनिट र टोयोटाले २३ हजार ३२८ युनिट बिक्री गरे ।
भारतको पहिलो गियर भएको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा दिल्लीमा लन्च भएको...
काठमाडौं – प्रभु बैंक र टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...
बढ्दो इन्धनको मूल्य र विश्वभरि कडा उत्सर्जन नियमका कारण विद्युतीय सवारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...