इलेक्ट्रिक स्कुटर किन्ने महिलालाई ३६ हजार अनुदान दिइने

भारतको दिल्ली सरकारले इलेक्ट्रिक स्कुटर खरिद गर्ने महिलालाई ३६ हजार भारतीय रुपैयाँसम्म अनुदान दिने भएको छ । दिल्ली सरकारले तयार पारेको प्रस्तावित ‘इलेक्ट्रिक भेइकल (ईभी) पोलिसी २.०’को मस्यौदमा यस्तो व्यवस्था गरिएको हो ।

पीटीआइले तयार पारेको मस्यौदा अनुसार ड्राइभिङ लाइसेन्स भएका पहिलो १० हजार महिलाहरूले यो सुविधा पाउने छन् । सरकारले ईभीको प्रयोग बढाउन महिला सहभागितालाई प्रोत्साहन गर्ने नीति अनुसार अनुदान दिन लागेको हो ।

प्रस्तावित नीति अनुसार महिलाले विद्युतीय स्कुटर खरिदमा प्रतिकिलो आवर १२ हजार भारुका दरले अधिकतम ३६ हजार रुपैयाँसम्म अनुदान पाउने छन् । अर्थात् ३ किलोवाट आवर ब्याट्री क्षमताको स्कुटर खरिदमा अनुदान पाउने भएका हुन् ।

यो प्रस्ताव अहिले विधाराधीन छ । यसलाई दिल्ली सरकारले चाँडै अनुमोदन गर्ने अधिकारीहरूले जनाएका छन् । केन्द्र सरकारको पीएम ई ड्राइभ योजनालाई कार्यान्वयन गर्न दिल्ली सरकारकाले पूरक नीतिको रूपमा इलेक्ट्रीक भेहिकल पोलिसी २.० नीति बनाएको हो ।

सन् २०३० को मार्चसम्म मान्य हुने यो योजनामा विद्युतीय दुईपांग्रे सवारीसाधनलाई मात्र नभई तीनपांग्रे र व्यवसायिक सवारीसाधनलाई पनि लक्षित गरी प्रोत्साहन नीति अघि सारिएको छ ।

सम्बन्धित समाचारहरू

रत्नपार्कमा राखियो विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन

रत्नपार्कमा राखियो विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन

नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कको कार्यालयमा चार्जिङ स्टेशन राखेको...

४ महिनामा नेपाल भित्रिए ८ अर्ब बढीका ईभी, कुन देशबाट कति ?

४ महिनामा नेपाल भित्रिए ८ अर्ब बढीका ईभी, कुन देशबाट कति ?

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिना अर्थात साउनदेखि...

फोर्डले देखायो फक्सवागन प्लेटफर्ममा तयार हुन लागेको नयाँ ईभी

फोर्डले देखायो फक्सवागन प्लेटफर्ममा तयार हुन लागेको नयाँ ईभी

अमेरिकन अटो निर्माता फोर्डले नयाँ ईभी एक्सप्लोररलाई वाहिर ल्याएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...