अल्ट्राभोइलेट -याली भाेलि हुँँदै, नाडा महासचिव र कलाकार पन्तले उदघाटन गर्ने

काठमाडौं - भाेलि शनिबार काठमाडौंदेखि–ककनीसम्म हुने अल्ट्राभोइलेट -याली र टेस्ट राइडकाे उदघाटन नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती र हास्यकलाकार हिमेस पन्तले गर्ने भएका छन् ।

केडिया अर्गनाइजेसनका विजनेश हेड नवराज कोइरालाका अनुसार काठमाडौंको नक्साल शोरुमबाट सुरू हुने राइड नागपोखरी-लैनचौर-बालाजु-मुड्खु हुँदै ककनी पुगेर समापन हुनेछ ।

उक्त राइडमा अल्ट्राभोइलेटसँगै अन्य २५० सीसी माथिको कुनै पनि कम्पनीको बाइक लिएर राइडरले सहभागी हुन सक्ने उनले बताए । अफरोड र अनरोड दुवैको अनुभवका लागि टेष्ट राइड आयोजना गरिएको उनको भनाइ छ ।

बाइक र पेट्रोल खर्च राइडर आफैंले व्यवस्था गर्नुपर्नेछ भने सो बाहेक अन्य खर्च कम्पनीले व्यहोर्ने कोइरालाले बताए ।

नेपाली बजारमा अल्ट्राभोइलेट एफ ७७ को मूल्य १० लाख ७५ हजार रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचारहरू

फिचर थप भएको टिगोर इभी आज लन्च हुँदै, रेन्ज ९ किलोमिटर वढी पाइने

फिचर थप भएको टिगोर इभी आज लन्च हुँदै, रेन्ज ९ किलोमिटर वढी पाइने

टाटा मोटर्सले आज टिगोेर इभीमा फिचर थप गरेर नयाँ भेरियन्ट सार्वजनिक गर्ने...

काँकडभिट्टा–कञ्चनपुरको विद्युतीय रेलमार्गको लागत पुग्याे १५ खर्ब

काँकडभिट्टा–कञ्चनपुरको विद्युतीय रेलमार्गको लागत पुग्याे १५ खर्ब

काठमाडौं – झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म विद्युतीय...

नेपालको कोरला नाका पुग्ने पहिलो इलेक्ट्रिक स्कुटर बन्यो बजाज चेतक

नेपालको कोरला नाका पुग्ने पहिलो इलेक्ट्रिक स्कुटर बन्यो बजाज चेतक

काठमाडौं – नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...