फिक्स्ड कि रिमुभेबल ? कुन ब्याट्री भएको इलेक्ट्रिक स्कुटर उत्तम ?

आजको समयमा इलेक्ट्रिक सवारी साधनप्रति मानिसको आकर्षण तीव्र गतिमा बढिरहेको छ। विशेषगरी दुई पाङ्ग्रे सवारी साधनको सेगमेन्टमा इलेक्ट्रिक स्कुटरहरू धेरै लोकप्रिय भएका छन्। यस्ता स्कुटरमा मुख्यतः दुई प्रकारका ब्याट्री पाइन्छ-फिक्स्ड (स्थिर) र रिमुभेबल (हटाउन मिल्ने)। यी दुबै ब्याट्रीका आ–आफ्ना फाइदा र कमजोरी छन् ।

फिक्स्ड ब्याट्री भनेको स्कुटरको चेसिसमा स्थायी रूपमा जडान गरिएको ब्याट्री हो, जुन सामान्य प्रयोगकर्ताले सजिलै निकाल्न सक्दैनन्। यस्तो ब्याट्रीले स्कुटरको सन्तुलन, संरचना र सञ्चालनमा स्थिरता दिन्छ। प्राविधिक रूपमा हेर्दा फिक्स्ड ब्याट्री लिथियम-आयन प्रविधिमा आधारित हुन्छ, जुन हलुका र टिकाउ हुन्छ। यिनमा मोटर, बीएमएस र नियन्त्रकबीच समन्वय राम्रो हुन्छ।

साथै, यसप्रकारका ब्याट्रीमा ताप व्यवस्थापन प्रणाली प्रभावकारी हुने भएकाले ब्याट्रीलाई सुरक्षित राख्न मद्दत गर्छ। यसको फाइदाको कुरा गर्दा ब्याट्रीमा क्षति हुने सम्भावना न्यून हुन्छ, पानी र धुलोबाट उत्कृष्ट सुरक्षा प्रदान गर्छ र ताप नियन्त्रण पनि राम्रो हुन्छ।

तर यसको एक मुख्य कमजोरी भनेको चार्ज गर्न स्कुटरलाई नै चार्जिङ पोइन्टसम्म लैजानुपर्ने बाध्यता हो, जसले अपार्टमेन्टमा बस्ने वा निजी चार्जिङ सुविधा नभएकालाई असहज बनाउन सक्छ।

रिमुभेबल ब्याट्री स्कुटरबाट सजिलै झिकेर घर, अफिस वा कुनै पनि सुरक्षित स्थानमा चार्ज गर्न सकिन्छ। यस्तो सुविधा विशेषगरी अपार्टमेन्टमा बस्ने मानिसका लागि उपयोगी हुन्छ। यसको तौल प्रायः १०–१२ किलोग्रामको हाराहारीमा हुन्छ र यसमा बीएमएस र फास्ट-चार्जिङ समर्थन पनि उपलब्ध हुन्छ। केही कम्पनीले त ब्याट्री स्वापिङ सुविधा पनि प्रदान गरिरहेका छन्, जसले प्रयोगकर्तालाई सजिलै नयाँ चार्ज गरिएको ब्याट्री लिने सुविधा दिन्छन्।

यस प्रकारको ब्याट्रीको मुख्य फाइदा भनेको जहाँसुकै चार्ज गर्न मिल्ने लचिलोपन, खराब मौसममा सुरक्षित स्थानमा चार्ज गर्न सकिने सुविधा र सजिलै ब्याट्री बदल्न सकिने व्यवस्था हो। यद्यपि यसमा बारम्बार कनेक्टर झिक्दा खुकुलो हुने सम्भावना रहन्छ, चोरी वा क्षतिको जोखिम पनि बढी हुन्छ, साथै थोरै कम आईपी रेटिङ र थर्मल म्यानेजमेन्ट समाधान देखिन सक्छ।

सम्बन्धित समाचारहरू

१ हजार किलोमिटरसम्म रेन्ज दिने नयाँ प्रविधिको सस्तो  ब्याट्री सार्वजनिक

१ हजार किलोमिटरसम्म रेन्ज दिने नयाँ प्रविधिको सस्तो ब्याट्री सार्वजनिक

चीनको अग्रणी ब्याट्री सप्लायर गोसन हाई टेकले १ हजार किलोमिटर रेन्ज दिने...

सेरेस ग्रुपको सुपर फ्याक्ट्रीमा सीएटीएलको ब्याट्री प्रोडक्सन लाइन

सेरेस ग्रुपको सुपर फ्याक्ट्रीमा सीएटीएलको ब्याट्री प्रोडक्सन लाइन

ईभी ब्याट्री निर्माता कम्पनीको रुपमा लोकप्रिय कम्पनी सीएटीएल अर्थात...

ब्याट्री व्यवस्थापनमा काठमाडौं महानगरको चासो, माग्यो जानकारी

ब्याट्री व्यवस्थापनमा काठमाडौं महानगरको चासो, माग्यो जानकारी

काठमाडौं– काठमाडौं महानगरपालिकाले सवारी साधनमा प्रयोग हुने ब्याट्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...