जम्बो इकोले ल्यायो विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरमा ५० हजार छुट सहितको अफर

काठमाडौं – नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्वो इको भेइकलले नयाँ वर्षमा नयाँ ई–स्कुटर धमाका अफर ल्याएको छ । यस अन्तर्गत ५० हजार रुपैयाँ सम्मको आकर्षक नगद छुट सहित विभिन्न उपहार उपलब्ध छ । इलेक्ट्रिक स्कुटर खरिद गर्दा ग्राहकको सुरक्षालाइ मध्यनजर गर्दै कम्पनीले दुर्घटना बिमा, आईएसआई मापदण्डको स्तरिय हेलमेट आदिको समेत व्यवस्था गरेको छ ।

स्कुटर खरिदलाई सहज र आकर्षक बनाउन स्पट फाइनान्सको पनि व्यवस्था रहेको कम्पनीको भनाइ छ । काठमाडौ, ललितपुर र भक्तपुरलाई मध्यनजर गर्दै लोकन्थलीमा जम्बो इको भेइकलको मल्टी ब्रान्ड शोरुम रहेको छ । कंपनीले लेभ्निङ, एमडीकेए, ग्यारो, प्योर ईभी जस्ता विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरहरु एकै स्थानमा उपलब्ध गराएको छ ।

यसका साथै बाइक वा स्कुटरको लाइसेन्स नभएर सवारी चलाउनबाट बन्चित ग्राहक वर्गलाई लक्षित गरी विभिन्न मोडलका इलेक्ट्रिक साइकलहरु पनि सहज दरमा बिक्री वितरण गर्दै आएको बताएको छ ।

जम्बो इको भेइकलको मल्टी ब्रान्ड शोरुमले इलेक्ट्रिक स्कुटर तथा ई–साइकल बेच्नुका साथै आफ्टर सेल्स सर्भिसमा विशेष ध्यान दिएको छ । ग्राहक वर्गलाई हुन सक्ने समस्यालाई मध्यनजर गर्दै सर्भिस तथा ब्याट्री, मोटर, चार्जर लगायत स्पेयर पार्ट्स सुपथ मूल्यमा एउटै छानामुनि उपलब्ध गराउँदै आएको छ जसले गर्दा ग्राहकहरुले स्कुटर तथा साइकल किनिसकेपछि सर्भिस र पर्याप्त सुविधा पाउने छन् । यसका साथै होम सर्भिसको पनि व्यवस्था रहेको बताइएको छ ।

हाल जम्वो इकोको मल्टी ब्रान्ड शोरुमले ३५० वाट देखि ३००० वाट मोटर भएका ७२ भोल्ट सम्मका इलेक्ट्रिक स्कुटर तथा ई–साइकल बिक्री वितरण गर्दै आएको छ, जसको मूल्य ६० हजार देखि ३ लाख २० हजार रुपैयाँ सम्म रहेका छन् ।

सम्बन्धित समाचारहरू

थापाथलीमा खुल्यो आयन र एक्स्पेङ ईभीको नयाँ एक्स्पेरिएन्स सेन्टर

थापाथलीमा खुल्यो आयन र एक्स्पेङ ईभीको नयाँ एक्स्पेरिएन्स सेन्टर

काठमाडौं–सीजी मोटर्सले थापाथलीमा आयन र एक्स्पेङ ईभीको एक्स्पेरिएन्स...

कियाले लन्च ग-यो प्रिमियम इलेक्ट्रिक क्रसओभर ईभी६, भारतमा १०० युनिट मात्र बिक्री गरिने

कियाले लन्च ग-यो प्रिमियम इलेक्ट्रिक क्रसओभर ईभी६, भारतमा १०० युनिट मात्र बिक्री गरिने

लामो प्रतीक्षा पश्चात भारतमा कियाको इलेक्ट्रिक क्रसओभर ईभी६ लन्च गरिएको छ...

मोटरसाइकल जोगाउँदा ईभी माइक्रो दुर्घटना : कलंकीमाई समिति

मोटरसाइकल जोगाउँदा ईभी माइक्रो दुर्घटना : कलंकीमाई समिति

काठमाडौं – कलंकीमाई विद्युतीय माइक्रोबस समितिले गत आइतबार रत्नपार्कमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...