नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजार सम्म छुट

काठमाडौं – नेपालमा सुनरा इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ। “सुपर सेभ अफर“ नामक सो अफर अन्तर्गत ग्राहकहरूले सुनराका विभिन्न स्कुटर मोडलहरूमा ६० हजार रुपैयाँ सम्मको छुट पाउनेछन्।

यो योजना नयाँ वर्षको शुभकामनासँगै स्वच्छ, हरित र किफायती यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको कम्पनीको भनाइ छ । यस अफर अन्तर्गत के५ मोडल १ लाख ६९ हजार ९ सय, रोबो–एस मोडल ३ लाख २० हजार ९ सय र ह्वाक मोडल २ लाख ३६ हजार ९ सय रुपैयाँमा उपलब्ध छन्। साथै, प्रत्येक स्कुटरमा निःशुल्क बिमा, फ्रि हेल्मेट र रोड ट्याक्स कम्पनीले तिर्ने व्यवस्था गरेको छ।

यसबाहेक, एक जना भाग्यमानी ग्राहकले लक्की ड्र अन्तर्गत आफूले किनेको स्कुटरमा ५० प्रतिशत छुट पाउनेछन्।

सुनरा नेपालका सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेले भने, ‘हामी नेपाली बजारमा हरित र दिगो यातायातको संस्कृति विकास गर्न प्रतिबद्ध छौं। नयाँ वर्ष २०८२ को शुभ अवसरमा, ग्राहकहरूलाई सहज, सुरक्षित र वातावरणमैत्री यात्रा अपनाउन प्रोत्साहित गर्दै यो विशेष अफर ल्याएका छौं।’

यस अभियानले वातावरणीय प्रदूषण घटाउने, पेट्रोलको बढ्दो मूल्यबाट राहत दिने र दीर्घकालीन यात्रा खर्च कम गर्ने क्षेत्रमा पनि योगदान पु¥याउने बताइएको छ । यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध हुने समेत कम्पनीको भनाइ छ । इच्छुक ग्राहकहरूले नजिकैको सुनरा शोरूममा गई टेस्ट राइड गर्न वा तुरुन्तै बुकिङ गर्न सक्नेछन्।

सम्बन्धित समाचारहरू

यस्तो छ विशेष फिचरले सुसज्जित टोयोटाको सबैभन्दा सानो इलेक्ट्रिक कार सी प्लस पोड

यस्तो छ विशेष फिचरले सुसज्जित टोयोटाको सबैभन्दा सानो इलेक्ट्रिक कार सी प्लस पोड

जापानी कार निर्माता कम्पनी टोयोटाको सबैभन्दा सानो इलेक्ट्रिक कार सी प्लस...

फोर्डले देखायो फक्सवागन प्लेटफर्ममा तयार हुन लागेको नयाँ ईभी

फोर्डले देखायो फक्सवागन प्लेटफर्ममा तयार हुन लागेको नयाँ ईभी

अमेरिकन अटो निर्माता फोर्डले नयाँ ईभी एक्सप्लोररलाई वाहिर ल्याएको छ ।...

जिली ईएक्स ५ सहित जेवाई एयर ईभी पनि नाडा अटो शो २०२५ मा सार्वजनिक, थुप्रै छुट र अफर

जिली ईएक्स ५ सहित जेवाई एयर ईभी पनि नाडा अटो शो २०२५ मा सार्वजनिक, थुप्रै छुट र अफर

काठमाडौं – चिनियाँ ईभी ब्रान्ड जिली ईएक्स ५ र जेवाई एयरका गाडीहरु आज देखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...