सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभीमा हुनेछन् यस्ता फिचर, थप जानकारी सार्वजनिक
मारुती सुजुकीले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभीएक्स लन्च...
काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ वर्ष २०८२ को उल्लासमय अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ। यो चाडपर्वलाई थप रोमाञ्चक बनाउन कम्पनीले आफ्ना सबै मोडलहरूमा १० हजार रुपैयाँ बराबरको नगद छुट घोषणा गरेको छ ।
नेपाली बजारमा उपलब्ध याडियाका तीन मोडल मध्ये याडिया जी६ को मूल्य २ लाख ६० हजार रुपैयाँ छ । अब नयाँ वर्षको अफर अन्तर्गत सो स्कुटर २ लाख ५० हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
त्यसैगरी याडिया ई८एस इपोकको मूल्य २ लाख ३५ हजार रहेको छ र अब यसको मूल्य २ लाख २५ हजार रुपैयाँ हुनेछ भने याडिया एम६एलको मूल्य १ लाख ७५ हजार रहेकोमा अब यसको मूल्य १ लाख ६५ हजार रुपैयाँ हुनेछ ।
याडिया स्कुटरहरू आधुनिक डिजाइन, बलियो प्रदर्शन र वातावरणमैत्री प्रविधिको लागि परिचित छन्, जुन आजको शहरी यात्रुका लागि उत्तम रोजाइ बन्न पुगेका छन्।
‘नयाँ वर्षको यस विशेष अवसरमा हामी आफ्ना मूल्यवान ग्राहकहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं,’ कुजु नेपालका प्रवक्ताले बताए । उनले भने, ‘यो सीमित अवधिको अफरको फाइदा उठाउन हामी सबैलाई नजिकको याडिया शोरूम वा डिलर नेटवर्कमा सम्पर्क गर्न आमन्त्रण गर्दछौं ।’
यो अफर सीमित अवधिको लागि मात्र मान्य हुने कम्पनीको भनाइ छ ।
मारुती सुजुकीले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभीएक्स लन्च...
काठमाडौं – नामी ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले...
काठमाडौं– नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल ईभीको आधिकारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...