स्काईवेल ईभी खरिद गर्दा युरोप घुम्ने मौका, टेष्ट ड्राइभ गर्नेलाई समेत अवसर

काठमाडौं– अब तपाई पनि युरोपमा स्काईवेल ड्राईभ गर्न जाने होईन त ? नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेल ड्राईभ गर्ने ग्राहकहरुलाई स्काईवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ ।

‘स्काईवेल ड्राईभ–२०२५ नेपाल टु युरोप’ क्याम्पेनमा सहभागी भई स्काईवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यस अफरअन्तर्गत युरोप भ्रमणको अवसर प्राप्त गर्नेछन् । स्काईवेल विई११ तथा स्काईवेल ईटी५ खरिद गर्दा ग्राहक जोडीलाई नै युरोप भ्रमणमा लैजाने कम्पनीले जाएको छ ।

स्काईवेल युरोपियन बजारमा लोकप्रिय ब्राण्ड हो । युरोपेली सुरक्षा मापदण्डअनुसार बनेको स्काईवेल विई११ ले सिएनक्याप क्र्यास टेस्टमा फाईभ स्टार सेफ्टी रेटिङ समेत प्राप्त गर्न सफल भईसकेको छ, त्यसैगरी चिनबाट निर्मित ईभीमा ईयु सर्टिाफकेशन प्राप्त गर्ने पाहलो प्रडक्ट पनी हो ।

अत्यन्त आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेको स्काईवेल नेपालमा उपलब्ध एक रियल इभी एसयुभी हो । काठमाडौंबाट नेपालको कुनै पनि गन्तब्यमा सिंगल चार्जमा सजिलै पुग्न साकने स्काईवेलले दिने ६२० किलो मिटरको रेन्जले स्काईवेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको हो । उच्च स्पिड र लक्जरी दुवै अपरिहार्य मानिने युरोपमा नेपालमा आउने चाईनिज इभी विरलै पाईन्छन् । जसमा स्काईवेलले भने बाजी मारेको छ । युरोपेली मूलुकहरुमा स्काईवेलले राम्रो सफलता हात पारेको छ ।

यो दावी गरिरहँदा यसलाई यथार्थमा पुिष्ट गर्न र ग्राहकलाई आफ्ना सवारीसाधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपिरयन्स गराउने उदेश्यका साथ स्काईवेलको आयातकर्ता जि.मोटर्स प्रालिले यो विशेष योजना ल्याएको हो ।

‘स्काईवेल ड्राईभ–२०२५ नेपाल टु युरोप’ योजना अन्तर्गत स्काईवेलका जुनसुकै एसयुभी खरिदकर्ता जोडीले युरोपमै गएर स्काईवेल ड्राईभको मौका प्राप्त गर्नेछन् । साथै, सन् २०२५ मोडेलको जुनसुकै भेरीयन्ट टेष्ट ड्राईभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्नेछन ।

यसका लागि आफूले स्काईवेल टेस्ट ड्राईभ गर्दाको अनुभव कुनै पनि सोसल मिाडयामा शेयर गरि ह्यासट्याग टेस्ट ड्राईभ स्काईवेल ह्यास ट्याग ‘स्काईवेल ड्राईभ नेपाल टु युरोप’ लेख्नु पर्नेछ । यसरी टेस्ट ड्राईभमा सहभागी हुने ग्राहक मध्ये २ जना विजेताले समेत युरोप भ्रमणको अवसर र युरोपमै स्काईवेल ड्राईभको मौका प्राप्त गर्नेछन् ।

नेपाली बजामार उपलब्ध स्काईवेलको ईटी५ लङ्र रेन्ज भेरियन्ट हो, जसको विक्री मूल्य १ करोड १५ लाख रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, विई११ को मूल्य ७९ लाख ९० हजार र ८९लाख ९० हजार पर्छ । विई ११ ४१० र ५२० किलोमिटर रेन्जमा उपलब्ध छ । स्काईवेलका यि दुवै मोडल फुल साईज एसयुभी हुन् ।

स्काईवेलले भक्तपुरको राधेराधे र ईटहरीमा अत्याधुनिक र्सिर्भस सेन्टर संचालनमा ल्याईसकेको छ भने नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरमा विक्री कक्षहरु संचालन गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

कसरी जल्यो इलेक्ट्रिक स्कुटर ? कम्पनीद्वारा छानविनको आश्वासन

कसरी जल्यो इलेक्ट्रिक स्कुटर ? कम्पनीद्वारा छानविनको आश्वासन

ओला इलेक्ट्रिकले पुणेमा रहेको आफ्नो एस१ प्रो इलेक्ट्रिक स्कुटरमा भएको...

डोङफेङले सञ्चालनमा ल्यायो विश्वको सबैभन्दा ठूलो डाइ–कास्टिङ मेसिन जडित कम्पोनेन्ट प्लान्ट

डोङफेङले सञ्चालनमा ल्यायो विश्वको सबैभन्दा ठूलो डाइ–कास्टिङ मेसिन जडित कम्पोनेन्ट प्लान्ट

चिनियाँ अटो निर्माता डोङफेङले विश्वको सबैभन्दा ठूलो डाई–कास्टिङ मेसिन...

इलेक्ट्रिक माइक्रोबसमा अर्को प्रतिस्पर्धी थपिदै, विशाल ग्रुपले ल्याउदै ११ सिटर भ्यान

इलेक्ट्रिक माइक्रोबसमा अर्को प्रतिस्पर्धी थपिदै, विशाल ग्रुपले ल्याउदै ११ सिटर भ्यान

काठमाडौं – नेपाली बजारमा इलेक्ट्रिक माइक्रोबसको प्रयोग बढ्दै गएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...