किया प्लान्टबाट ९०० कार इन्जिन चोरी

किया मोटर्सको आन्ध्र प्रदेश प्लान्टबाट ९०० कार इन्जिन चोरी भएको तथ्य बाहिर आएको छ । विगत ५ वर्षमा यति धेरै कार इन्जिन चोरी भएका हुन् ।

कम्पनीले मार्चमा लेखापरीक्षण गरेपछि यो अपराध बाहिर आएको हो । यस घटनाको सत्यतथ्य पत्ता लगाउन कम्पनीले स्थानिय प्रहरीमा औपचारिक उजुरी दर्ता गरिएको गरेको थियो । जसका आधारमा मुद्दा दर्ता समेत भैसकेको छ ।

प्रारम्भिक अनुसन्धानले इन्जिनहरू चरणबद्ध र योजनाबद्ध रूपमा चोरी भएको देखाउँछ । चोरीमा केही पूर्व र वर्तमान कर्मचारीहरू संलग्न हुन सक्ने आशंका गरिएको छ ।

यो घटनालाई किया मोटर्स इण्डियाले गम्भिरतापूर्बक लिएको र चोरीमा संलग्न जोकोहीलाई कडा कारबाही गर्ने जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...