एमएडब्लु वृद्धिले नेपालकै ठूलो एक्सचेन्ज मेला आयोजना गर्दै, के–के छन् आकर्षण ?
काठमाडौं–एमएडब्लु वृद्धिले आउँदो शुक्रबार (असोज २४ गते) देखि काठमाडौं...
जिकरले पिक पावर १.२ मेगावाटको पुर्ण रुपमा लिक्विड–कुल्ड चार्जिङ स्टेसन सार्वजनिक गरेको छ । आगामी अप्रिल २३ मा सांघाई अटो शोमार्फत सो स्टेसन औपचारिक रुपमा सार्वजनिक गरिने छ ।
हाल चाइना इलेक्ट्रिक भेइकल १०० फोरममा जिकर ग्रुपका भाइस प्रेसिडेन्ट झाओ युहुईले सो सुपर चार्जर सार्वजनिक गरे । सो सुपर चार्जिङ स्टेसनमा १० वटा प्लग हुनेछन् र ती प्रत्येकले १.२ मेगावाट पावर डेलिभर गर्नेछन् ।
जिकरले यो भन्दा पहिले ३६० किलोवाट र ६०० किलोवाट हुँदै ८०० किलोवाट सम्मको चार्जिङ स्टेसन विकास गरेको थियो । तीन वर्ष भित्रै कम्पनीले सो उपलब्धि हासिल गरिरहेको अवस्थामा अब १.२ मेगावाटको विकास गरेको हो । हाल चीनमा जिकरले ८२६ चार्जिङ स्टेसन संचालन गरिरहेको र यसमार्फत ४ हजार भन्दा बढी चार्जर रहेको बताइएको छ ।
झाओका अनुसार सन् २०२६ सम्ममा जिकरले १० हजार चार्जर बनाउने योजना छ र अल्ट्रा–फास्ट चार्जिङ युगको नेतृत्व गर्ने योजना जिकरको छ ।
१ मेगावाट भन्दा बढी अर्थात अल्ट्रा–फास्ट क्षमताको चार्जिङ स्टेसन निर्माण गर्ने जिकर पहिलो कम्पनी भने होइन । केही दिन पहिले बीवाईडीले पनि १ हजार किलोवाटको फास्ट चार्जर सार्वजनिक गरेको छ । सो चार्जरमार्फत प्रतिसेकेन्ड चार्ज गर्दा २ किलोमिटर अर्थात ५ मिनेट चार्ज गर्दा ४०० किलोमिटर गाडी गुडाउन सकिने छ ।
त्यसैगरी डिडीले पनि १ मेगावाटको चार्जर सार्वजनिक गरेको छ भने हुवावेले समेत अप्रिल २२ मा १ मेगावाटको चार्जर लन्च गर्ने घोषणा गरिसकेको छ ।
काठमाडौं–एमएडब्लु वृद्धिले आउँदो शुक्रबार (असोज २४ गते) देखि काठमाडौं...
नेपाली बजारमा एमएडब्लु वृद्धि अटोकर्पले भित्र्याएको नयाँ ब्रान्डको...
यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...