नेपाली सडकमा बढ्दै सेरेस ३ ईभी, यी ४ विशेषताले लोभ्याउँदै ग्राहक

नेपाली बजारमा एमएडब्लु वृद्धि अटोकर्पले भित्र्याएको नयाँ ब्रान्डको सेरेस ३ इलेक्ट्रिक एसयूभीको उपस्थिति बढ्दै गएको देखिएको छ । नेपाली सडकमा सेरेस ३ इलेक्ट्रिक एसयूभीको संख्या बढ्दै गएको देखिन्छ ।

सेरेस ३ मा भएका विभिन्न विशेषताका कारण सो एसयूभी चाहनेहरु बढ्दै गएको मान्न सकिन्छ । पछिल्लो समयमा विद्युतीय सवारी साधन ब्रान्ड समेत बढिरहेको समयमा नेपालमा सेरेस ३ मा भएका विभिन्न फरक विशेषताका कारण यसको चाहना गर्नेहरु बढिरहेका कम्पनीको भनाइ छ ।

सामान्य रुपमा हेर्दा यी ४ फरक विशेषताका कारण सेरेस ३ चाहनेहरु बढ्दै गएको मान्न सकिन्छ ।

ग्राउन्ड क्लियरेन्स
अहिले धेरै ग्राहकले चारपांग्रे सवारी साधन किन्दा ग्राउन्ड क्लियरेन्सको वारेमा बढी चासो गर्छन् । इलेक्ट्रिक सवारी साधनको सन्दर्भमा रेन्ज पछि धेरैको चासो ग्राउन्ड क्लियरेन्समै हुन्छ । अन्य सवारी साधनको तुलनामा बढी अर्थात १९० एमएम ग्राउन्ड क्लियरेन्स हुनु सेरेस ३ को राम्रो विशेषता हो । यसका कारण नै सेरेस ३ विद्युतीय सवारी साधनमा मात्र सीमित नभई लक्जरी, पावर र अन–रोड तथा अफ–रोड दुवै सडकमा आफ्नो क्षमताको प्रतिनिधित्व गर्ने सवारी साधन बनेको छ । नेपाली सडक धेरैजसो उबडखाबड हुने भएकाले पनि बढी ग्राउन्ड क्लियरेन्स आवश्यक हुन्छ र सो आवश्यकतालाई सेरेस ३ को ग्राउन्ड क्लियरेन्सले पुरा गरेको छ ।

साँच्चिकै एसयूभीको अनुभूति
सेरेस ३ को सिटमा बसेर स्टेयरिङ चलाउँदा साँच्चिकै एसयूभी चलाएको अनुभूति हुन्छ । यसको सिटमा बसेर हेर्दा चारैतिर देखिने दृश्यावलोकनले सो अनुभूतिलाई पूर्णता दिन्छ । निकै स्मार्ट ‘सिटिङ पोजिसन’ले ठूला एसयूभीको अनुभूति प्रदान गर्ने भएको कारण यसले झट्टै चालकलाई आकर्षित गर्छ । यसका साथै आवश्यक लक्जरीको अनुभव समेत यसले प्रदान गर्छ । आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस ३ ले आरामदायी डबल कुशन सिटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम प्रदान गर्छ । गाडीले भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि ३ वटा स्टेयरिङ मोड प्रदान गरेको छ।

सडकमा देखिने सुन्दर उपस्थिति
गाडीमा विभिन्न विशेषता भएर मात्र हुँदैन । हेर्दा आकर्षक देखिने डिजाइन र लुक्सका कारणले समेत धेरैको मन लोभ्याउछ । यही फरक विशेषता सेरेस ३ मा पनि छ । सेरेस ३ निकै स्टाइलिस बडी डिजाइनमा तयार भएको छ । सडकमा देखिने विभिन्न मोडलका गाडीको भीडमा सेरेस ३ ले फरक र सुन्दर पहिचान कायम गरेको मानिन्छ । यसका कारण सडकमा गुडिरहेको देखिदा पनि यसको लुक्सले धेरैको मन लोभ्याउछ । अर्को अर्थमा यसको ‘रोड प्रेजेन्स’ राम्रो छ ।

फिचर लोडेड
हेर्दा साधारण भए पनि सेरेस ३ मा विभिन्न आकर्षक फिचर उपलब्ध छन् । चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, एचडी गुणस्तरको ३६० डिग्री क्यामेरा, ड्यासक्याम र एन्ड्रोइड अटो तथा एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएसले यसलाई थप प्रविधियुक्त गाडी बनाउँछ । हिटेड सिट, पावर विन्डोज, एडास प्रविधि जस्ता फिचर पनि यो गाडीमा उपलब्ध छन् ।

सेरेस ३ मा सेगमेन्टकै ठूलो अर्थात ५२५ लिटरको बुट स्पेस छ । कहिलेकाहिं सामान बोकेर कतै जानुपर्ने अवस्थामा ठूलो बुट स्पेस निकै नै उपयोगी हुन्छ । त्यसैगरी यसमा स्पेयर टायर समेत उपलब्ध हुन्छ ।

यस्ता विभिन्न विशेषता भएको सेरेस ३ मा ९९ किलोवाटको मोटर र ५२.७ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

४० किलोवाट मोटरमा पनि आयो नेटा भीको फेसलिफ्ट, नेपालमा छिट्टै आउन सक्ने

४० किलोवाट मोटरमा पनि आयो नेटा भीको फेसलिफ्ट, नेपालमा छिट्टै आउन सक्ने

चिनीयाँ ईभी निर्माता नेटाले आफ्नो सानो र सस्तो कार ‘भी’को फेसलिफ्ट लन्च...

एमएडब्लु वृद्धिले गर्दैछ चितवनकै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

एमएडब्लु वृद्धिले गर्दैछ चितवनकै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

चितवन । नेपालका लागि सेरेस र नामी ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु...

नाडा ईभी एक्सपो २०२२ का लागि खुल्यो स्टल बुकिङ

नाडा ईभी एक्सपो २०२२ का लागि खुल्यो स्टल बुकिङ

काठमाडौं – आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...