मारुती सुजकीले मे २०२६ मा बनायो नयाँ रेकर्ड

मारुती सुजुकीले मे २०२६ मा कम्पनीको इतिहासमै उच्च मासिक बिक्री रेकर्ड कायम गर्दै कुल २ लाख ४२ हजार ६८८ युनिट सवारी साधन बिक्री गरेको छ।

मारुती सुजुकीले मे महिनामा घरेलु बजारमा मात्र १ लाख ९३ हजार ५३५ युनिट सवारी बिक्री गरेको छ, जुन कम्पनीको अहिलेसम्मकै उच्च घरेलु मासिक बिक्री हो। गत वर्षको सोही अवधिमा कम्पनीले १ लाख ३५ हजार ९६२ युनिट बिक्री गरेको थियो।

कम्पनीको बिक्रीमा साना तथा कम्प्याक्ट कारको महत्वपूर्ण योगदान रहेको छ । कम्पनीको अल्टो के१०, एस-प्रेसो, स्विफ्ट, वागनआर, बलेनो र डिजायरजस्ता मोडलहरू ९७ हजार ८३० युनिट बिक्री भएको छ ।  साथै ब्रेजा, ग्रान्ड भिटारा, फ्रन्क्स, इन्भिक्टो र एर्टिगाजस्ता मोडलहरु ७९ हजार २६७ युनिट बिक्री भएको छ। मे महिनामा मारुती सुजुकीले ४१ हजार ९१४ भेहिकल विभिन्न अन्तर्राष्ट्रिय बजारमा निर्यात गरेको छ ।

मारुती सुजुकीको ह्याचब्याक सेगमेन्टमा वागनआर, अल्टो के१०, बलेनो र स्विफ्ट, सेडान सेगमेन्टमा डिजायर, एमपीभी सेगमेन्टमा एर्टिगा र एसयूभी सेगमेन्टमा ब्रेजा, फ्रन्क्स, इन्भिक्टो र ग्रान्ड भिटाराको बिक्री उच्च रहेको छ । कम्पनीको पहिलो इलेक्ट्रिक एसयूभी ई–भिटाराको पनि लोकप्रयता बढ्दै गएको देखिएको छ।

सम्बन्धित समाचारहरू

नयाँ क्रसभोरले सुजुकी बलेनोको बजार कब्जा गर्ने अनुमान

नयाँ क्रसभोरले सुजुकी बलेनोको बजार कब्जा गर्ने अनुमान

मारुती सुजुकीको नयाँ क्रसओभर कार फ्रोङ्क्स लन्च हुनुभन्दा अघि नै ७...

२५ किलोमिटर भन्दा बढी माइलेज दिने नयाँ मारुती सुजुकी वागनआर लन्च

२५ किलोमिटर भन्दा बढी माइलेज दिने नयाँ मारुती सुजुकी वागनआर लन्च

मारुती सुजुकीको सबैभन्दा धेरै बिक्री हुने कार मध्येको एक मारुती सुजुकी...

स्मार्ट सिरोजेनिक्स बन्यो सुजुकीको नेक्स्ट जेन शोरुम

स्मार्ट सिरोजेनिक्स बन्यो सुजुकीको नेक्स्ट जेन शोरुम

काठमाडौं – नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...