नेपाली सडकमा सेरेस ईभीको उपस्थिति बाक्लिदै, १६ महिनामा ५०० बढी युनिट बिक्री
काठमाडौं– नेपाली सडकमा सेरेस ईभीको उपस्थिति बाक्लिदै गएको छ । सेरेसको...
चिनियाँ अटो निर्माता सेरेस र टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सको संयुक्त उद्यममा नयाँ अटोमोबाइल ब्रान्डले जन्म लिने भएको छ । सेरेस ग्रुपले नयाँ कम्पनी, ‘सैदौ टेक्नोलोजी’ (पहिले चोङकिङ ल्यान्डियन टेक्नोलोजी भनेर चिनिन्थ्यो) अन्तर्गत नयाँ अटोमोटिभ ब्रान्ड सुरु गर्ने तयारी गरेको हो । जसअन्तर्गत टिकटक ब्रान्डमा नयाँ कार बन्ने जनाइएको छ ।
नयाँ साँझेदारीसंगै सेरेसले संस्थामा आफ्नो नियन्त्रणात्मक चासो त्याग्ने भएको छ, जसको हिस्सेदारी लगभग ३२.९६ प्रतिशतमा घटेको छ । त्यसैगरी ३४.५० प्रतिशत हिस्सासहति बाइटडान्सको हिस्सा सबैभन्दा वढि हुनेछ । यो कदम सेरेसको घाटामा रहेको व्यावसायिक विरासत हटाउन डिजाइन गरिएको जनाइएको छ ।
लान्जिङ अटोका अनुसार, सैदो टेक्नोलोजीले यसै वर्ष आफ्नो पहिलो मोडेलका रुपमा नयाँ क्रसओभरको उत्पादन गर्ने तयारी गरिरहेको छ । जुन, प्योर इलेक्ट्रिक र रेन्ज एक्सटेन्डर पावरट्रेन विकल्पमा उपलब्ध हुने अपेक्षा गरिएको छ । नयाँ कारको उत्पादन सेरेस फिनिक्स कारखानामा हुनेछ ।
घरेलु र अन्तर्राष्ट्रिय दुबै बजारका लागि लक्षित गरी ल्याउन लागिएको नयाँ कारको मूल्य १४ हजारदेखी २१ हजार अमेरिकी डलरसम्म तय हुने अनुमान गरिएको छ ।
काठमाडौं– नेपाली सडकमा सेरेस ईभीको उपस्थिति बाक्लिदै गएको छ । सेरेसको...
चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो बिद्युतिय एसयुभी सेरेस३...
काठमाडौं – नेपालका लागि सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...