फोर्स ट्राभलर इलेक्ट्रिक मिनीबसको परीक्षण सुरु, नेपाल पनि आउने

फोर्स मोटर्सले आफ्नो लोकप्रिय मिनीबस, ट्राभलरको ईभी भर्सन परीक्षण गर्न सुरु गरेको छ । फोर्स ई–ट्राभलर स्मार्ट सिटीबस भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२४ मा प्रदर्शन गरिएको थियो ।

ई–ट्राभलर लो फ्लोर हाइट भएको मोनोकक डिजाइनमा आधारित छ । बाहिरी भाग स्ट्यान्डर्ड ट्राभलर जस्तै देखिने यसको दुबै साइडमा सिंगल प्यानल ग्लास र स्प्लिट टेलगेट छ ।

ई–ट्राभलरमा चालक सहित १४ जनासम्मले यात्रा गर्न सक्ने जनाइएको छ । यसमा एयर कन्डिसन र प्यासेन्जर इन्फरमेसन डिस्प्ले समेत राखिएको छ । कम्पनीले यसमा कुन साइजको ब्याट्री प्रयोग हुन्छ भनेर नखुलाए पनि मोटर भने १५१ बिएचपी पावरको हुने बताइएको छ ।

ट्राभलर इलेक्ट्रिक मिनिवस भारतिय बजारमा बिक्री सुरु भएलगत्तै नेपाली बजारमा समेत उपलब्ध हुनेछ । नेपाली बजारमा फोर्सका गाडीहरु आयाम इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

५१० किलोमिटर रेन्ज दिने वुलिङको नयाँ इलेक्ट्रिक कम्प्याक्ट सेडान, यस्ता छन् फिचर

५१० किलोमिटर रेन्ज दिने वुलिङको नयाँ इलेक्ट्रिक कम्प्याक्ट सेडान, यस्ता छन् फिचर

चिनियाँ ईभी निर्माता वुलिङले नयाँ इलेक्ट्रिक कार स्टारलाइट लन्च गरेको छ ।...

प्रि–बुकिङ गरिएका एक्सपेङ जी६ एसयूभी दशैं अगावै आइपुग्ने, डेलिभरी समेत गरिने

प्रि–बुकिङ गरिएका एक्सपेङ जी६ एसयूभी दशैं अगावै आइपुग्ने, डेलिभरी समेत गरिने

काठमाडौं – एक्सपेङको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले केही दिन...

चर्चामा एक पटक चार्ज गर्दा ७ महिना सम्म चल्ने इलेक्ट्रिक कार

चर्चामा एक पटक चार्ज गर्दा ७ महिना सम्म चल्ने इलेक्ट्रिक कार

युरोपेली कम्पनी लाइटइयरले एक पटक चार्जमा ७ महिनासम्म चल्ने इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...