कियाको नयाँ ईभी६ भारतमा लन्च, सिंगल चार्जमा ६६३ किमी रेन्ज

किया इन्डियाले आफ्नो नयाँ ईभी६ लन्च गरेको छ । सो नयाँ इलेक्ट्रिक कार अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन र फुल चार्जमा ६६३ किलोमिटर रेन्जको साथमा पेश गरिएको छ ।

नयाँ किया ईभी६ को लुक पहिलेभन्दा स्पोर्टी र एग्रेसिभ बनाइएको छ । यसमा स्टार म्याप ग्राफिक डीआरएल सहितको नयाँ एलईडी लाइट, जीटी लाइन फ्रन्ट बम्पर, १९ इन्चको एरोडायनामिक अलोय ह्विल जस्ता विशेषता रहेको छ, जसले यसलाई अझ आकर्षक बनाएको छ।

नयाँ किया ईभी६ को क्याबिन लक्जरी र आरामदायक बनाइएको छ । यसमा १२.३ इन्चको ड्युअल प्यानोरामिक कर्भ्ड डिस्प्ले, नयाँ डीकट स्टेयरिङ ह्विल र ह्यान्डस अन डिटेक्शन टेक्नोलोजी दिइएको छ।

यसमा किया कनेक्ट २.०  सिस्टम छ, जसले ओभर द एयर अपडेट सपोर्ट गर्छ। यसबाट ३४ ईसीयू कन्ट्रोलरलाई टाढैबाट अपडेट गर्न सकिन्छ । साथै डिजिटल की २.० को माध्यमबाट स्मार्टफोनलाई भर्चुअल कीको रूपमा प्रयोग गर्न सकिन्छ । यो बाहेक कारमा १०० भन्दा बढी कनेक्टेड फिचर उपलब्ध छ ।

यसमा एडास २.० प्याकेज समावेश गरिएको छ, जसमा २७ एडभान्स सेफ्टी फिचर र ५ नयाँ अटोमेटिक फिचर छ। साथै जंक्शन टर्निङ र जंक्शन क्रसिङ, लेन चेन्ज असिस्ट र इनोसिभ स्टेयरिङ असिस्ट र लेन फ्लो असिस्ट २.० जस्ता सेफ्टी फिचर समावेश छ ।

किया ईभी६ मा ८४ किलोवाट क्षमताको ब्याट्री प्याक छ, जसले ६६३ किलोमिटरको रेन्ज प्रदान गर्छ । यसको मोटरले ३२५ पीएसको पावर र ६०५ एनएम टर्क जेनेरेट गर्छ । सो एसयूभीले ४.० सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको गति लिन्छ । यसको ब्याट्री १८ मिनेटमा १० प्रतिशत देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईको नयाँ इन्जिनमा आउँदै किया सेल्टोस र क्यारेन्स, पावर र टर्क वढ्ने

हुन्डाईको नयाँ इन्जिनमा आउँदै किया सेल्टोस र क्यारेन्स, पावर र टर्क वढ्ने

कियाको लोकप्रिय एसयूभी सेल्टोस र क्यारेन्स छिट्टै विएस६ फेज टु इन्जिनका...

किया ईभी३ लाई ऐतिहासिक सफलता, बन्यो वर्ल्ड कार अफ द इयर २०२५

किया ईभी३ लाई ऐतिहासिक सफलता, बन्यो वर्ल्ड कार अफ द इयर २०२५

किया ईभी३ लाई २०२५ को विश्व कार अवार्डमा विजेता घोषित गरिएको छ । यो घोषणा...

किफायती रेन्ज र फिचरसहित कियाले ल्याउँदै साइरोस ईभी, मूल्य १५ देखि २० लाख

किफायती रेन्ज र फिचरसहित कियाले ल्याउँदै साइरोस ईभी, मूल्य १५ देखि २० लाख

किया इन्डियाले आगामी अगस्ट २०२६ मा आफ्नो सबैभन्दा सानो र किफायती...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...