भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग नाडा प्रतिनिधि मण्डलको भेटघाट, के भयो छलफल ?
काठमाडौं–नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले...
पोखरा – पोखरामा आज देखि वाडा अटो शो २०२५ औपचारिक रुपमा प्रारम्भ भएको छ । अटो शो शुभारम्भको अवसरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष दिपेन्द्र कोइराला र अन्य प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
पोखरामा पहिलो पटक भइरहेको अटो शोेमा विद्युतीय चारपांग्रेतर्फ बीवाईडी, एक्सपेङ, केई, दिपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटर, एलईभी आदिले स्टल राखेका छन् । त्यसैगरी आईसीईतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निसान, महिन्द्रा लगायतका गाडीहरुको पनि सहभागिता रहेको छ ।
हुन्डाई, टाटा, कियाले इभीसँगै आईसीई गाडीलाई पनि सोकेस गरेका छन् । दुईपांग्रेतर्फ एथर, टीभीएस, यामाहा, बजाज, ट्रायम्फ, रोयल इन्फिल्ड लगायतका ब्रान्डले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।
त्यसैगरी कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर र डोङफेङ लगायतका लाइट कमर्सियल गाडीहरुको स्टल पनि अटो शोमा रहेको छ । अटो शोेमा दुईपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणर फुडकोर्ट लगायतको स्टल पनि रहेको छ ।
गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी स्पट एक्स्चेन्ज तथा फाइनान्सिङको सुविधा पनि उपलब्ध रहेको छ । गाडी बुकिङ गर्ने पहिलो ग्राहकलाई सलिको इन्स्योरेन्सले गाडीको इन्स्योरेन्स वापत १० लाख रुपैयाँ इन्स्योरेन्समा छुट दिने बताएको छ ।
अटो शोलाई बि एण्ड बि ग्रुपले सहप्रायोजन गरेको छ भने सपोर्टिङ पार्टनर अटोमेकानिका, बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक, इन्सुरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड, टिकेटिङ पार्टनरमा खल्ती, डोर प्राइज स्पोन्सरमा बन्दीपुर केबलकार, हस्पिटालिटी पार्टनरमा होटल शारा, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिट्को प्रालि, ट्राभल पार्टनरमा स्विफ्ट होलिडेज, हस्पिटल पार्टनरमा मनिपाल हस्पिटलले साथ दिएका छन् ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले प्रवर्धक रहेर साथ दिएका छन् ।
अत्याधुनिक अटोमोटिभ ब्रान्ड र विशेष अफरहरूको भव्य प्रदर्शनीको रुपमा रहेको ‘वाडा अटो शोे २०२५’, पोखराको अमरसिंह मैदानमा २०८१ चैत १४ गतेदेखि १८ गतेसम्म (तदनुसार २७ मार्चदेखि ३१ मार्च २०२५) आयोजना हुँदैछ ।
















काठमाडौं–नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले...
काठमाडौं – नाडाका अध्यक्ष धुव थापाको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि...
काठमाडौं – आगामी भाद्र २६ देखि ३१ सम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...