टेस्ला र बीवाईडीमा कुन ब्याट्री उत्कृष्ट ?

इलेक्ट्रिक सवारी साधनमा प्रयोग हुने प्रविधि तीव्र गतिमा अगाडि बढिरहेको छ । ईभी बजारमा अहिले टेस्ला र बीवाईडी विश्वभर चर्चाको केन्द्र बनेका छन् । यी कम्पनीबिच विश्वकै सबैभन्दा ठुलो इलेक्ट्रिक कार कम्पनी बन्ने प्रतिस्पर्धा चलिरहेको छ।

बीवाईडीले टेस्लालाई चुनौती दिइरहेको छ । बीवाईडीले सस्तो, अधिक एफिसियन्ट र राम्रो डिजाइन भएका ब्लेड ब्याट्री निर्माण गरिरहेको छ, जसले टेस्लाका लागि समस्या खडा गर्न सक्छ । बिश्वभर हाल बीवाईडी ब्लेड ब्याट्री र टेस्ला ब्याट्रीको तुलना गरिएको छ।

रिपोर्टका अनुसार टेस्ला अझै पनि पारम्परिक मोडलकै आधारमा ब्याट्री डिजाइन गरिरहेको छ, जसमा महँगा सामग्रीको प्रयोग भइरहेको छ । जबकि बीवाईडीले पूर्ण रूपमा इलेक्ट्रिक सवारी साधनको अवधारणालाई बदल्ने प्रयास गरेको छ । यसले अनावश्यक एलिमेन्टलाई हटाएर उत्पादन लागत घटाएको छ र परफर्मेन्समा कुनै सम्झौता गरेको छैन।

बीवाईडीको ब्लेड ब्याट्रीले लिथियम आयरन फस्फेट प्रविधि प्रयोग गर्र्दै आएको छ। रिपोर्टका अनुसार टेस्ला ब्याट्रीले बीवाईडीको तुलनामा दोब्बर हिट उत्पन्न गर्छ, जसलाई चिसो बनाइ राख्न महँगो एड्भान्स कुलिङ सिस्टमको आवश्यक पर्छ । यसले टेस्लाको ब्याट्री उत्पादन लागत झन् बढाइदिन्छ।

बीवाईडीले राम्रो डिजाइन, कम लागत र उन्नत प्रविधिको प्रयोग गरेर टेस्लालाई कडा टक्कर दिइरहेको छ, जसले भविष्यमा इलेक्ट्रिक कार बजारमा ठुलो परिवर्तन ल्याउन सक्छ।

सम्बन्धित समाचारहरू

हुन्डाईले अर्को महिना सोलिड–स्टेट ब्याट्री सार्बजनिक गर्ने

हुन्डाईले अर्को महिना सोलिड–स्टेट ब्याट्री सार्बजनिक गर्ने

काठमाडौं–हुन्डाईले अर्को महिना आफ्नो पहिलो सोलिड–स्टेट ब्याट्री...

जनकपुर र बर्दिबासमा लक्ष्मी अटोकम्पद्वारा निःशुल्क ब्याट्री चेकअप क्याम्प सम्पन्न

जनकपुर र बर्दिबासमा लक्ष्मी अटोकम्पद्वारा निःशुल्क ब्याट्री चेकअप क्याम्प सम्पन्न

काठमाडौं – टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

जनकपुर र बर्दिवासमा टाटा ग्रिन ब्याट्रीको निःशुल्क चेकअप क्याम्प सञ्चालन हुँदै

जनकपुर र बर्दिवासमा टाटा ग्रिन ब्याट्रीको निःशुल्क चेकअप क्याम्प सञ्चालन हुँदै

टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी अटोकोम्प...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...