बाढीपहिरोले लुम्बिनीका १८ सडकखण्ड अवरुद्ध
रुपन्देही – तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र...
काठमाडौं - देशभर भइरहेको अविरल वर्षासँगै खसेको पहिरो र आएको बाढीका कारण सडक सञ्जाल सबैजसो प्रभावित भएका छन् ।
संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख मार्गहरू सहित देशका विभिन्न भूभागका दुई दर्जनभन्दा बढी राजमार्ग तथा सहायक सडकहरू पूर्ण तथा आंशिक रूपमा ठप्प भएका छन् ।
नेपाल प्रहरीले दिएको पछिल्लो अद्यावधिक जानकारी अनुसार पूर्व–पश्चिम राजमार्गदेखि उत्तरी सीमा जोड्ने रणनीतिक सडकहरूसम्म यातायात अवरुद्ध हुँदा सयौँ सवारी साधन र हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
पृथ्वी राजमार्गः धादिङको कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङलगायतका स्थानमा ठूलो पहिरो खसेका कारण सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
बीपी राजमार्गः काभ्रे र सिन्धुली खण्डका माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, कटुन्जे र चौकीडाँडालगायतका क्षेत्रमा पहिरो खसेको र कतिपय ठाउँमा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि राजमार्ग बन्द भएको छ।
अरनिको राजमार्गः काभ्रेको धुलिखेल–पकुचा तथा धुलिखेल–खावा सडक खण्डअन्तर्गत धुलिखेल–८ स्थित जिपलाइन नजिकै सडक माथिबाट ढुंगामाटो सहितको ठूलो पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
कान्ति लोकपथः वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडा, पाङदुर र टाकुर्चे क्षेत्रमा पहिरो खस्दा आवागमन रोकिएको छ।
पूर्व–पश्चिम, मध्यपहाडी र कोशी क्षेत्रका सडकहरू
पूर्व–पश्चिम राजमार्गः दाङको धानखोला क्षेत्रमा खसेको पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ ।
मध्यपहाडी लोकमार्गः यो लोकमार्ग अन्तर्गत विभिन्न जिल्लाका खण्डहरूमा पहिरो खस्दा यातायात सञ्चालन हुन सकेको छैन ।
मेची राजमार्ग तथा मेची करिडोरः यी दुवै सडकका विभिन्न स्थानमा पहिरो खसेका कारण सवारी साधन ठप्प छन् ।
तमोर करिडोरः पाँचथर क्षेत्रमा बाढी र पहिरोका कारण बाटो अवरुद्ध छ भने छरुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा खोलाको बहाव उच्च हुँदा यातायात बन्द गरिएको छ ।
सिद्धिचरण लोकमार्गः ओखलढुंगा क्षेत्रमा लेदोसहितको बाढी र पहिरो आउँदा सडक अवरुद्ध बनेको छ ।
कटारी–घुर्मी सडकः उदयपुर खण्डमा पहिरो खसेका कारण यातायात ठप्प छ ।
गण्डकी र लुम्बिनी प्रदेशका सडकहरू
कालीगण्डकी करिडोरः बागलुङको जैमिनी नगरपालिका–४ बेलबगरमा ठूलो पहिरो खसेपछि करिडोर अवरुद्ध भएको छ ।
पोखरा–बागलुङ सडकः पर्वत खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा यातायात प्रभावित भएको छ ।
बागलुङ–बेनी सडकः म्याग्दीको हुलाके क्षेत्रमा पहिरोका कारण बाटो रोकिएको छ ।
बेँशीसहर–चामे सडकः मनाङको नासो गाउँपालिका क्षेत्रमा पहिरो खस्दा हिमाली जिल्ला मनाङको सडक सम्पर्क टुटेको छ ।
जोमसोम–कोरला सडकः मुस्ताङका विभिन्न स्थानमा पहिरो जाँदा सीमा जोड्ने यो सडक खण्ड पनि अवरुद्ध छ ।
सिद्धार्थ राजमार्गः पाल्पा क्षेत्रमा अविरल वर्षा भइरहेको र पहिरोको उच्च जोखिम रहेका कारण आवागमन प्रभावित भएको छ ।
राप्ती राजमार्ग र अन्य सडकः तुलसीपुर–कपुरकोट सडकखण्डको कपुरकोट–खारखोला क्षेत्रमा पहिरो खसेको छ। यस्तै भालुवाङ–चकचके सडकको गनाहा खोला क्षेत्र र शहीद मार्गमा पनि पहिरोले बाटो बन्द गराएको छ ।
कणाली र उत्तरी नाका जोड्ने सडकहरू
कर्णाली राजमार्गः राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्नुका साथै सडकमा ठूला ढुंगा खसेकाले आवागमन ठप्प छ। मुगु जोड्ने नाग्म–गमगढी सडक पनि पहिरोकै कारण अवरुद्ध छ ।
पासाङल्हामु र मैलुङ सडकः रसुवाका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण पासाङल्हामु राजमार्ग अवरुद्ध छ भने त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकमा बाढीले सडक कटान गरेपछि यातायात सेवा पूर्ण रूपमा बन्द भएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...