एट्टो ३, सिल र डल्फिन लिएर दक्षिण कोरिया प्रवेश गर्दै बीवाईडी
चिनियाँ ईभी निर्माता बीवाईडी पहिलोपटक दक्षिण कोरियाली बजारमा प्रवेश...
काठमाडौं–बीवाईडीले आफ्नो नयाँ ईभी सिलयान ०५ लन्च गरेको छ । निकै नै आकर्षक मूल्यमा लन्च गरिएको सो नयाँ ईभीको सुरुवाती मूल्य चिनमा १६ हजार २४० डलर निर्धारण गरिएको छ ।
ई–प्लेटफर्म ३.० ईभो आर्किटेक्चरमा तयार पारिएको सिलायन ०५ एक कम्प्याक्ट क्रसओभर ईभी हो । जसको लम्वबाई ४५२० एमएम, चौडाई १८६० एमएम र उचाई १६३० एमएम तथा ह्विलवेश २७२० एमएम छ ।

ओसिएन एस्थेटिक डिजाइन ल्यांग्वेजमा तयारी परिएको सो नयाँ ईभी एकदमै आकर्षक र वल्कि डिजाइनका साथ आएको हो । कारको ड्यासबोर्डमा १२.८ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, ८.८ इन्चको एलसिडी इन्स्ट्रयुमेन्ट क्लस्टर र थ्री स्पोक स्टेरिङ ह्विल जडान गरिएको छ । साथै, यसको सेन्टर कन्सोलमा फिजिकल वटन ब्लक, वायरलेस चार्जिङ प्याड र कप होल्डर दिइएको छ ।
स्टोरेज वक्सलाई आफ्नो आवश्यकता अनुुसार चिसो तातो बनाउने मिल्ने फिचर राखिएको सिलायन ०५ मा ११० लिटर क्षमताको फ्रन्ट ट्रंक छ भने पछाडीको सिटलाई फोल्ड गरेर १४६० लिटरसम्मको स्टोरेज निकाल्न सकिन्छ । यस कारमा बीवाईडीले नयाँ र अत्याधुनिक ड्राइभिङ एसिस्टेन्स सिस्टम ‘गड्स आई’ सी फिचर दिएको छ ।

पावरट्रेनेको कुरा गर्नुपर्दा यसमा ५० किलोवाट आवर र ६०.९ किलोवाट आवर ब्याट्री प्याकको अप्सन पाउन सकिन्छ । यी दुई भेरिएन्टमा क्रमशः १४० र १६० किलोवाट क्षमताको मोटर जडान गरेको छ । सिलयान ०५ ले ४३० र ५१० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
चिनियाँ ईभी निर्माता बीवाईडी पहिलोपटक दक्षिण कोरियाली बजारमा प्रवेश...
बीवाइडीले आज थाइल्यान्डमा आफ्नो लोकप्रिय इलेक्ट्रिक कार सील लन्च गरेको छ...
चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले जापानको ईभी बजारमा महत्वपूर्ण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...