रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालको ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

काठमाडौं–यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालले ७१.३३ किलोमिटर प्रतिलिटरको एआएरआई–प्रमाणित माइलेजका साथ इन्धन दक्षतामा नयाँ बेन्चमार्क स्थापित गर्दै ‘हाइएस्ट माइलेज इन नेपाल’ प्रस्तुत गरेको छ ।

एड्भान्स हाइब्रिड टेक्नोलोजीका साथ निर्माण भएको रेजेडअर १२५ एफआई हाइब्रिडले पावर, दक्षता र स्मार्ट इनोभेसनको उत्तम सन्तुलन प्रदान गर्दछ, जसले यसलाई पर्फर्मेन्स र माइलेज दुवै खोज्ने राइडरहरूको लागि उपयुक्त विकल्प बनाउँछ ।

रेजेडआर १२५ एफआई हाइब्रिडमा हाइब्रिड पावर असिस्ट प्रणाली रहेको छ, जसले एक्सेलेरेशनको समयमा अतिरिक्त टर्क बूस्ट प्रदान गर्दै सहज एवम् शक्तिशाली सवारी सुनिश्चित गर्दछ । साथै, यसको ओबीडी–२ (अन–बोर्ड डायग्नोस्टिक्स–२) प्रणालीले निरन्तर रियल–टाइम इन्जिन हेल्थको निगरानी गर्दछ र चिन्तामुक्त सवारी अनुभवको लागि
टिकाउ र विश्वसनीयता दुवै बनाउँछ ।

खेलकुद र युवा संलग्नता प्रति प्रतिबद्ध यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड आगामी नेपाल सुपर लिग (एनएसल) सिजन ३ मा काठमाडौँ रेजर्स टिमको टाइटल स्पोन्सर हो । एनएसएल सिजन १ को च्याम्पियनको रूपमा काठमाडौँ रेजर्सले नेपालको फुटबल लिगमा आफूलाई एक प्रमुख शक्तिशाली टोलीको रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ ।

७१.३३ किलोमिटर प्रति लिटर माइलेज, एड्भान्स हाइब्रिड प्रविधि र नेपालको फुटबल क्षेत्रसँग बलियो सम्बन्धको साथ यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड अतुलनीय इन्धन दक्षता र रोमाञ्चक प्रदर्शन खोज्ने राइडरका लागि सहि विकल्पको रूपमा उभिएको कम्पनीको भनाई छ ।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शनर ग्राहक सन्तुष्टि प्रतिको प्रतिबद्धताको लागि परिचित नेपालको एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो । देशभर व्यापक उपस्थिति भएको यामाहाले नवीन उत्पादनहरू र असाधारण आफ्टर सेल्स सर्भिसको साथ निरन्तर बजारको नेतृत्व गरिरहेको छ दाबी गरेको छ ।

सम्बन्धित समाचारहरू

एलईडी इन्डिकेटर र नयाँ आई–क्याचिङ पर्पल कलरमा आयो यामाहा आर३

एलईडी इन्डिकेटर र नयाँ आई–क्याचिङ पर्पल कलरमा आयो यामाहा आर३

यामाहाले प्रिमियम मोटरसाइकल आर३ को २०२३ मोडल सार्वजनिक गरेको छ । अन्य कुरा...

अपडेट भएर आउँदै यामाहा फेसिनो, लिक भयो तस्बिर

अपडेट भएर आउँदै यामाहा फेसिनो, लिक भयो तस्बिर

यामाहाले आफ्नो स्टायलिस स्कुटर फेसिनोको २०२६ संस्करण लन्च गर्ने तयारी...

अपडेट भएर आयो यामाहा फेसिनो १२५, मूल्य कति ?

अपडेट भएर आयो यामाहा फेसिनो १२५, मूल्य कति ?

यामाहको स्टायलिस स्कुटर फसिनो १२५ अपडेट भएर आएको छ । पहिलेभन्दा थप आकर्षक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...