यस्ता छन् कारमा हुने हेडलाइटका प्रकार
रातको समयमा ड्राइभिङ गर्दा सबैभन्दा महत्वपूर्ण चिजहरू मध्ये एक हो हेडलाइट...
इन्जिन विभिन्न प्रकारका हुन्छन्, जसलाई इन्धनको प्रकार, सिलिन्डरको व्यवस्था, इन्धन दहनको प्रक्रिया र कार्य गर्ने सिद्धान्तका आधारमा वर्गीकरण गर्न सकिन्छ। इन्जिनलाई इनलाइन, भी, डब्ल्यु, बक्सर र रोटरी इन्जिनको रुपमा वर्गीकरण गरिएको छ । यी इन्जिन फरक डिजाइन र कार्यसम्पादनका लागि बनाइएको हुन्छ ।
इनलाइन इन्जिन : इनलाइन इन्जिनलाई 'स्ट्रेट इन्जिन' पनि भनिन्छ । यो सबैभन्दा बढी प्रयोग हुने इन्जिन हो । यसमा सबै सिलिन्डरहरू सिधा रेखामा हुन्छ, जसले गर्दा यसको डिजाइन सरल, कम्प्याक्ट र किफायती हुन्छ । यो साना र मध्यम आकारका कारको लागि राम्रो विकल्प हो । इनलाइन इन्जिनमा सामान्यतया ३ देखि ६ सिलिन्डर हुन्छन्। सो इन्जिन मारुती वागनआर, स्विफ्ट, हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता लोकप्रिय कारमा प्रदान गरिएको छ । इनलाइन इन्जिन इनलाइन ३, इनलाइन ४ र इनलाइन ६ गरी ३ प्रकारको हुन्छ ।
भी इन्जिन : भी इन्जिनको नाम यसको आकारबाट आएको हो । यसमा सिलिन्डरलाई भी आकारमा दुई छुट्टाछुट्टै पङ्क्तिमा सेट गरिएको हुन्छ । सो इन्जिन सामान्यतया हाई परफर्मेन्स र लक्जरी सवारी साधनमा देखिन्छ, जहाँ बढी शक्ति र सहज ड्राइभिङ आवश्यक पर्छ । पहिला होन्डा, हुन्डाई सोनाटा र स्कोडा सुपर्ब जस्ता कारमा भी इन्जिन उपलब्ध थिए । यद्यपि आजकल यो सुपर लक्जरी र स्पोर्ट्स कारमा मात्र देखिन्छ । सो इन्जिन भी६, भी८, भी१० र भी१२ गरी ४ प्रकारकाे हुन्छ ।
बक्सर (फ्ल्याट) इन्जिन : बक्सर इन्जिनलाई 'फ्ल्याट इन्जिन' पनि भनिन्छ र यो अन्य इन्जिन भन्दा अलि फरक हुन्छ । यसमा सिलिन्डर दुई विपरीत पङ्क्तिमा समतल तरिकाले जडान गरिएको हुन्छ । सो डिजाइनको सबैभन्दा ठूलो फाइदा भनेको यसले सेन्टर अफ ग्राभिटी तल राख्छ, जसले कारको स्टेबिलिटी र ह्यान्डलिङमा सुधार गर्छ । सो इन्जिन बक्सर ४ र बक्सर ६ गरी २ प्रकारकाे हुन्छ र सो इन्जिन पोर्श र सुबारु जस्ता कम्पनीको पहिचान बनेको छ ।
डब्ल्यू इन्जिन : डब्ल्यु इन्जिन वास्तवमा भी इन्जिनको परिमार्जित संस्करण हो । यसमा दुई भी इन्जिन एकसाथ जोडिएको हुन्छ । सो इन्जिन अत्यन्तै दुर्लभ हुन्छ र सुपर-पर्फर्मेन्स र लक्जरी गाडीमा मात्र देख्न सकिन्छ । सो इन्जिन डब्ल्यू८, डब्ल्यू१२ र डब्ल्यू१६ गरी ३ प्रकारको हुन्छ । यो विशेषगरी बुगाटी भेरोन र बुगाटी चिरोनमा प्रयोग गरिन्छ ।
रोटरी इन्जिन : रोटरी इन्जिन अन्य इन्जिनहरू भन्दा पूर्णतया फरक छ किनभने यसमा पिस्टन प्रयोग गरिएको हुँदैन । यसको सट्टा यसमा त्रिकोणीय आकारको रोटर हुन्छ । यसको डिजाइन परम्परागत इन्जिन भन्दा सानो, हलुका र पावर-टु-वेट अनुपात हुन्छ । सो इन्जिनले बढी इन्धन खपत गर्छ र टिकाउपन कम हुन्छ । रोटरी इन्जिन प्रायः माज्दा आरएक्स७ र आरएक्स८ जस्ता स्पोर्ट्स कारमा देख्न सकिन्छ ।
रातको समयमा ड्राइभिङ गर्दा सबैभन्दा महत्वपूर्ण चिजहरू मध्ये एक हो हेडलाइट...
काठमाडौं– सवारीसाधनको खपत बढेसंगै नेपाली बजारमा पछिल्लो समय विभिन्न...
काठमाडौं– भारतको प्रख्यात टु ह्विलर एसेसोरिज मोटो जिनियस नेपाल आएको छ । यो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...