कार इन्जिनको स्पार्क प्लग कहिले र कसरी परिवर्तन गर्ने? यी कुरामा ध्यान दिनुहोस्

स्पार्क प्लग गाडीको इन्जिनको महत्त्वपूर्ण भाग हो, जसले इन्धन र हावाको मिश्रणलाई प्रज्वलित गरेर इन्जिन चलाउन मद्दत गर्छ । स्पार्क प्लग बिग्रियो भने गाडीको माइलेज घट्छ र स्टार्ट गर्न समस्या आउनुका साथै  इन्जिनको प्रदर्शन कमजोर हुन्छ ।

कहिले परिवर्तन गर्ने स्पार्क प्लग?

  • तामाका स्पार्क प्लग: ३० हजार किलोमिटरमा परिवर्तन गर्नुपर्छ ।
  • इरिडियम वा प्लेटिनम स्पार्क प्लग: ८० हजार देखि १ लाख किलोमिटरमा परिवर्तन गर्नुपर्छ ।
  • धेरै पुराना वा बिग्रेका स्पार्क प्लग: तुरुन्तै परिवर्तन गर्नुपर्छ ।

लक्षणहरू जसले स्पार्क प्लग परिवर्तन गर्नुपर्ने संकेत गर्छ:

  • गाडी स्टार्ट गर्न गाह्रो हुन्छ।
  • माइलेज घट्छ।
  • इन्जिन चलाउँदा झट्का वा कम्पन महसुस हुन्छ।
  • एक्जस्ट पाइपबाट कालो धुँवा निस्किन्छ।
  • पिकअप कम हुन्छ।

कसरी परिवर्तन गर्ने?

स्पार्क प्लग परिवर्तन गर्दा केही उपकरणहरू आवश्यक पर्छ । जस्तै: नयाँ स्पार्क प्लग, स्पार्क प्लग रिमुभर, टोर्क रेञ्च र क्लिनर वा ब्रश

कसरी परिवर्तन गर्ने?

स्पार्क प्लग परिवर्तन गर्दा पहिला गाडी बन्द गरेर चिसो हुन दिनुहोस् । इन्जिन तातो हुँदा स्पार्क प्लग परिवर्तन गर्दा क्षति पुग्न सक्छ। चिसो भइसकेपछि स्पार्क प्लगको स्थान पहिचान गर्नुहोस् किनकि अधिकांश गाडीमा सिलिन्डर हेडको माथिल्लो भागमा स्पार्क प्लग हुन्छ । त्यसपछि ध्यानपूर्वक स्पार्क प्लग तार वा क्वईल निकाल्नुहोस् । पुरानो स्पार्क प्लग निकाल्नुहोस् । नयाँ स्पार्क प्लग सही टोर्कमा कस्नुहोस् । धेरै कस्दा वा फितलो राख्दा समस्या हुन सक्छ । सही क्रममा तार वा क्वईल पुनः जडान गर्नुहोस्। अन्तमा इन्जिन स्टार्ट गरेर परीक्षण गर्नुहोस् ।

ध्यान दिनुपर्ने कुराहरू

  •  गलत प्रकारको स्पार्क प्लग प्रयोग नगर्नुहोस्।
  • अत्यधिक फोर्स लगाएर स्पार्क प्लग नबढाउनुहोस्।
  • टोक स्पेस सही भए/नभएको जाँच गर्नुहोस्।
  • यदि आफैं गर्न गाह्रो भए, मेकानिकको सहयोग लिनुहोस्।

स्पार्क प्लग सही समयमा परिवर्तन गर्दा गाडीको माइलेज, पिकअप, र इन्जिनको कार्यक्षमता राम्रो हुन्छ। नियमित जाँच र मर्मतले गाडीलाई लामो समयसम्म राम्रो अवस्थामा राख्न मद्दत गर्छ।

सम्बन्धित समाचारहरू

साझा यातायातलाई थप १०० वटा बिद्युतिय वस दिइने

साझा यातायातलाई थप १०० वटा बिद्युतिय वस दिइने

सरकारले साझा यातायातलाई १०० वटा बिद्युतिय वस प्रदान गर्ने भएको छ ।...

साझाको विद्युतीय बसमा महिला चालक र सहचालक हुने

साझाको विद्युतीय बसमा महिला चालक र सहचालक हुने

काठमाडौं – साझा यातायातले हालै भित्र्याएका विद्युतीय बस महिला चालकहरुले...

मजदुरसँग सहमतिपछि गुड्न थाले साझाका बस

मजदुरसँग सहमतिपछि गुड्न थाले साझाका बस

मजदुरहरूसँग सहमति भएपछि बिहानदेखि बन्द भएको साझा यातायात सञ्चालनमा आएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...