टाटाका मेड इन इन्डिया कार श्रीलंकामा लन्च

टाटा मोटर्सले श्रीलंकामा पनि आफ्ना कार बिक्रीका लागि उपलब्ध गराएको छ । श्रीलंकामा टाटा मोटर्सको लागि एकमात्र आधिकारिक बिक्रेता डीमोसँगको सहकार्यमा पेट्रोल, डिजेल र इलेक्ट्रिक सवारी साधन लन्च गरेेकाे हाे ।

यसमा टाटा पन्च, नेक्सन, कर्भ ईभी र टियागो ईभी समावेश छ । यसले श्रीलंकाली बजारमा टाटाको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

डिमोका कार्यकारी निर्देशक राजीव पण्डितगागेले भने "बजार पुन: खुलेपछि श्रीलंकामा प्रवेश गर्ने पहिलो यात्रुवाहक सवारी ब्रान्डको रूपमा टाटा मोटर्ससँगको हाम्रो साझेदारीलाई निरन्तरता दिन पाउँदा हामी उत्साहित छौं।"

हाल टाटा मोटर्सले आफ्ना सवारी साधनमा बिक्री पछिको सेवा पनि प्रदान गरिरहेको छ । सबै पेट्रोल-डिजेल कारमा ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी दिइएको छ । इलेक्ट्रिक कारमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ । इलेक्ट्रिक कारको ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६५ हजार किलोमिटरको वारेन्टी दिइएको छ ।

सम्बन्धित समाचारहरू

टाटा ह्यारियर र सफारी अव पेट्रोल इन्जिनमा पनि उपलब्ध हुने

टाटा ह्यारियर र सफारी अव पेट्रोल इन्जिनमा पनि उपलब्ध हुने

टाटा ह्यारियर र सफारीले छिट्टै पेट्रोल इन्जिन विकल्प पाउने भएको छ । डिजेल...

टाटा मोटर्सले २०२५ सम्म १० नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने

टाटा मोटर्सले २०२५ सम्म १० नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने

टाटा मोटर्सले २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने घोषणा गरेको छ ।...

५ वर्षभित्र ७ नयाँ कार लन्च गर्दै टाटा मोटर्स, पहिलो नयाँ मोडल सिएरा हुने

५ वर्षभित्र ७ नयाँ कार लन्च गर्दै टाटा मोटर्स, पहिलो नयाँ मोडल सिएरा हुने

भारतिय अटो निर्माता टाटा मोटर्सले सन् २०३० सम्ममा आफ्नो प्रोडक्ट लाइनअप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...