बुलेटप्रुफ एआई ब्याट्रीसहित एक्सपेङ जी६ मा ८१ फिचर अपडेट

काठमाडौं– चिनियाँ ईभी निर्माता एक्सपेङले आफ्नो लोकप्रिय बिद्युतिय एसयूभी जी६ को अपडेटेड भर्सन लन्च गरेको छ । कम्पनीले बिहिबार चिनमा जी६ को २०२५ भर्सन लन्च गरेको हो । यस नयाँ भर्सनमा एक्सपेङले ८१ वटा फिचर अपडेट गरेको छ ।

२०२५ एक्सपेङ जी६ मा आर्टिफिसियल इन्टेलिजेन्स(एआई) ब्याट्री प्रयोग गरिएको छ भने कम्पनी आँफैले विकास गरेको ट्युरिङ एआई इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम दिइएको छ । ५सी अल्ट्रा फास्ट चार्जर सपोर्ट गर्ने यस ईभीलाई १२ मिनेटमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । जसबाट ४५० किलोमिटर रेन्ज पाइने दाबी गरिएको छ । साथै, सो ईभीलाई माइनस ३० डिग्री सेन्टिग्रेड चिसोमा समेत १५ मिनेट २० सेकेन्डमा १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सो ईभीमा प्रयोग गरिएको ब्याट्रीलाई सुरक्षित राख्न बुलेटप्रुफ आर्मरको प्रयोग गरिएको छ । जसका कारण, १ हजार सेन्टिग्रेडसम्मको उच्च तापक्रमबाट समेत यसलाई जोगाउन सकिन्छ भने ८० टन वजनसंग ठोक्किँदा समेत ब्याट्री सुरक्षित हुन्छ । रियर ह्विल ड्राइभ भएको यस ईभीमा २१८ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसको पावर, २९२ एचपी र टर्क ४५० एनएम छ ।

६.३ सेकेन्डको एक्सिलेरेसन टाइममा शून्यदेखी १०० किलोमिटरसम्मको गति पकड्न सक्ने नयाँ जी६ को टपस्पिड भने २०२ किलोमिटर प्रतिघन्टा छ । यस कारलाई जम्मा १२.५ किलोवाट आवर ब्याट्री खपतबाट १०० किलोमिटर यात्रा गर्न सकिन्छ ।

२०२५ एक्सपेङ जी६ को अगाडी र पछाडी ८ मेगा पिक्सेल क्यामेरा, मिलिमिटर वेभ राडर, अल्ट्रासोनिक राडर, १५.६ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, १०.२५ इन्चको एलसिडी इन्स्ट्रयुमेन्ट प्यानल र क्वालकम स्न्यापड्रयागन चीप लगायत विशेषता दिइएको छ । कुल तीन ट्रिममा उपलब्ध यस ईभीको सुरुवाती मूल्य २४ हजार ४०० डलर निर्धारण गरिएको छ ।

एक्सपेङ जी६ नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको ईभी हो । नेपालका लागि आधिकारिक विक्रेताका रुपमा सिजी मोटर्सले यसको बिक्रीवितरण गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

रसुवा – ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा रसुवा भन्सार...

नाडा अटो शो २०८१ को पहिलो दिनमा सीजी मोटर्सलाई २७ बुकिङ

नाडा अटो शो २०८१ को पहिलो दिनमा सीजी मोटर्सलाई २७ बुकिङ

काठमाडौं – नाडा अटो शो २०२४ को पहिलो दिन सीजी मोटर्सले आयात गरेका विभिन्न...

बीवाईडीले सार्वजनिक ग-यो ५० लाखौ गाडी, ९ महिनामै २० लाख सवारी साधन उत्पादन

बीवाईडीले सार्वजनिक ग-यो ५० लाखौ गाडी, ९ महिनामै २० लाख सवारी साधन उत्पादन

न्यु इनर्जी भेइकल र पावर ब्याट्रीका लागि विश्वकै प्रमुख निर्माता कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...